हेलिकोप्टरबाट छतमा झर्‍यो सेनाको टोली (फोटो/भिडियो)

शुक्रबार, १३ फागुन २०७३, १६ : ४८ प्रबिन कोइराला  | @i_m_pra


काठमाडौं—सैनिक दिवसको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विभिन्न खेल तथा कौसल प्रस्तुत गरेको छ। सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गर्‍यो। बढाइँ कवाजअन्तर्गत लहरे, एकठठा, डमरु त्रिशूलको आकृति प्रस्तुत गरेको थियो। मार्चपास, सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको थियो।

होटल टुँडिखेलमा आतंककारीले बन्दक बनाएकाहरुलाई उद्धार गरेको नमुना देखाउने क्रममा सैनिकहरु हेलिकोप्टरबाट होटलको छतमा खसेका थिए।

सैनिक मञ्चमा मास पिटी प्रस्तुत गरिएकामा त्यसअन्तर्गत ‘सुट टु किल, तेक्वान्दो, महिला सैनिकबाट पिटी, आइकिदो र खुकुरी ड्रिल प्रस्तुत भयो। नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो। 

उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरिएको थियो। सेना दिवसको उपलक्ष्यमा त्यहाँ सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरियो। 

समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन र हातहतियारको समेत प्रदर्शन गरिएको थियो।

सो अवसरमा विशेष फौज बाहिनीबाट आतङ्ककारी आक्रमणमा परेका नागरिकलाई उद्दार गरिएको सैन्य कौशलको नमूना प्रस्तुत गरियो। होटल टुँडिखेलमा आतंककारीले बन्दक बनाएकाहरुलाई उद्धार गरेको नमुना देखाउने क्रममा सैनिकहरु हेलिकोप्टरबाट होटलको छतमा खसेका थिए। पाँच वटा हेलिकोप्टरको हवाई गस्ती तथा स्थल तहबाट बख्तरबन्द गाडीको आडमा सैनिक टोलीले आतंककारीले बन्धक बनाएकाहरुलाई उद्धार गरेको नमुना देखाइएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशिला कार्की र सभामुख ओनसरी घर्ती लगायतका विशिष्ट अतिथि उपस्थित भई शिवरात्री बढाईँको अवलोकन गरेका थिए। 

फोटो/भिडियो : प्रबीन कोइराला


















यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘शत्रु गते’ र ‘लिलीबिली’को भिडन्त

‘शत्रु गते’ र ‘लिलीबिली’को भिडन्त

निर्देशक प्रदिप भट्टराई निर्देशित फिल्म ‘शत्रु गते’ एनएफडीसी पुरस्कारको सर्वाधिक ८ विधामा मनोनयन भएको छ। ...

मनीषाले सार्वजनिक गरिन्‘मिसिगन ब्लुज’

मनीषाले सार्वजनिक गरिन्‘मिसिगन ब्लुज’

अभिनेत्री मनीषा कोइरालाले लेखक अरुण शर्माको उपन्यास ‘मिसिगन ब्लुज’को लोकार्पण गरेकी छिन्। ...

ज्योति कविता वाचन

कविता वाचनको श्रृंखला ‘ज्योति कविचा वाचन’मा आधा दर्जन कविले कविता सुनाएका छन्। ...

दीपिकालाई रिप्लेस गर्दै आलिया

दीपिकालाई रिप्लेस गर्दै आलिया

छोटो समयमै धाँशु अभिनयको बलले निर्देशकको रोजाइमा पर्दै आएकी अािलया अब सञ्जयलिला भन्सालीको नजरमा परेकी छिन्। ...