महाशिवरात्रीको अवसर पारेर बाहुवली २ ले आफ्नो पोष्टर सार्वजनिक गरेको छ। पोष्टरमा अभिनेता प्रभास हात्तीको सुँड माथी उभिएको अवस्थामा देखिन्छन्। पोष्टरका अनुसार उनलाई फिल्ममा निकै शक्तिशाली देखाइएको महसुस गर्न सकिन्छ। बाहुवली विगिनिंसमा प्रभास शिवभक्तको रुपमा देखिन्छन्। उनले शिव लिंग काँधमा बोकेको दृष्य उक्त फिल्ममा छ। बाहुबली द कन्क्लुजनको पोष्टर शिवरात्त्रीकै दिनमा सार्वजनिक गर्दा धेरैले यसमा पनि शिवसँग फिल्म सम्वन्धित भएको अनुमान गरिएको छ।
प्रकाशित: १४ फाल्गुन २०७३ ०८:५३ शनिबार