७ वैशाख २०८१ शुक्रबार
कला

अनुष्काले ह्वाटस्एपमा फ्यानसँग कुरा गर्ने

अनुष्का शर्मा हिजो आज आफ्नो नयाँ फिल्म फिल्लौरीको प्रचारमा व्यस्त छन्। आफ्नो फिल्मको प्रमोशनको लागि स्टारहरुले विभिन्न तरिका अपनाउने गर्छन्। त्यसमा अनुष्का पछि पर्ने कुरै भएन। उनी त्यसमा अरुभन्दा एक कदम अघि बढेर फिल्मको प्रमोशनमा लागेकी छन्। फिल्ममा अनुष्का भुत बनेर कहिले मानिसलाई डराउन दिने छन् भने कहिले हँसाउने छन्।

उनले फिल्म प्रमोशनमा अनौठो तरिका अपनाएकी छन्। फिल्म निर्माताले हरेक हप्ता नायीकासँग फ्यानलाई कुरा गराउने भएका छन्। फक्स स्टार स्टूडियोले भनेको छ,'फिल्म बनेपछि कलाकार हराउने गर्छन् तर हामी दर्शक र कलाकारलाई जोडिरहन चाहन्छौं।'

अनुष्काले आफ्ना फ्यानसँग जोडिनको लागि शशी नामबाट एउटा मोवाइल रजिष्ट्रर गराएकी छन्। फिल्ममा उनको नाम पनि शशी नै रहेको छ। यही नम्बरबाट उनी फ्यानसँग ह्वाट्सएपको भिडियो कलिङ फिचर मार्फत जोडिने छन्। त्यसको लागि उनले नम्बर पनि सार्वजनिक गरेकी छन्। उनले त्यो नम्बर फिल्मको प्रचार अभियनाभर प्रयोग गरिने जनाएकी छन्।

प्रकाशित: १४ फाल्गुन २०७३ १०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App