७ वैशाख २०८१ शुक्रबार
कला

एलिजको 'म्युजिकल ब्रोडवे'

काठमाडौं- नेपाली र पाश्चात्य सांगीतिक माहोलमा राजधानीवासीलाई झुमाउन आगामी फागुन २५ देखि २८ गतेसम्म सुन्धारास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा 'रुस्लान नेपाली–वेस्टर्न म्युजिकल ब्रोडवे सो' सांगीतिक कार्यक्रम हुने भएको छ।

एलिज बियानिकको कोरियोग्राफी र अवधारणामा हुने कार्यक्रममा 'ब्याले' नृत्य  प्रस्तुत गरिनेछ। एलिज विश्वप्रसिद्ध ब्यालेट डान्सर हुन्, जसले १० वर्षको उमेरमा ब्याले नृत्यको तालिम लिएकी थिइन्। उनले ओस्कार अवार्डमा मनोनित हलिउड फिल्म 'ब्ल्याक स्वान'मा पनि आफ्नो प्रस्तुति दिएकी छन्। उनी सोको निर्देशक तथा परफर्मर पनि हुन्।

उनले एउटा घटनाका कारण आफू नेपाल आउनुपरेको बताइन्। 'त्यसपछि मैले ब्रेक लिनुपर्ने भयो, अनि भविष्यमा के गर्ने भन्ने कुराको योजना बनाएँ। म एसियामा आएर अनाथ बालबालिकाका लागि काम गर्ने योजना बनाएँ,' उनले भनिन्, 'मैले सबैलाई इमेल पठाउँदा यहाँ रहेका एक अनाथले मलाई नियमित रुपमा इमेल पठाउन थाले। त्यसपछि तुरुन्तै झोला बोकेर दुई दिनमा नेपाल आएँ, यहाँ आएर युलिया र डेब्रालाई भेटें, उनीहरुले मलाई सुशीला आर्ट एकेडेमीमा काम गर्न अफर गरे। त्यसैको परिणामस्वरुप विश्वको कलालाई नेपालमा प्रस्तुत गर्न लागिरहेकी छु।'

ब्याले नृत्य–नाटक हो। नेपालको एक तामाङ गाउँमा रहेका रुस्लान नामका हँसमुख युवाको गल्तीले दुई गाउँबीच हुने द्वन्द्वलाई नृत्य–नाटकमा प्रस्तुत गरिनेछ। प्रस्तुतिमा नेपालको प्राकृतिक दृश्यलाई फिल्म र नृत्यको शैलीमा प्रस्तुत गरिनेछ। रिपब्लिकासँगै रुस्लान, एसियन पेन्ट्स, वान प्लस कम्पनी मिलेर कार्यक्रम आयोजना गरेका हुन्।  

प्रकाशित: २४ फाल्गुन २०७३ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App