coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

हङकङमा बाह्र बजे हावा सरर...

 हङकङ – होलीको अवसर पारेर नेपाली सांगीतिक ब्याण्ड ‘नेपथ्य’ले हङकङमा सांगीतिक प्रस्तुती दिएको छ। आइतबार युन लुंग थिएटरमा ‘नेपथ्य हङकङ साँझ’ मा ब्याण्डले नयाँ र पुराना गीतहरु प्रस्तुत गरेको थियो। ब्याण्डका प्रशंसकहरुको कारण टोलीले यो प्रवासी भूमिमा पटक–पटक आफूलाई प्रस्तुत गरेको छ।

 त्यसबाहेक हरेक पटक नेपथ्य उभ्याउने नजिकको आफन्त घेरा पनि टोलीले त्यहाँ भेट्ने गर्छ,’ नेपथ्यलाई व्यपस्थापन गरिरहेको नेपालयका अर्पण शर्माले भने। करिव दुई घन्टा चलेको नेपथ्यको कन्सर्ट हालै सार्वजनिक गरेको ‘कुरुप अनुहार हो, यहाँ कोहि साथी छैन’ शीर्षकको नयाँ गीतबाट सुरु गरिएको थियो।

नेपाल संगीत नाट्य एकेडेमीका कुलपति सरुभक्तले २०३९ सालमा स्नातकोत्तर अध्ययनको लागि राजधानी आउँदा युवाहरुलाई प्रोत्साहन गर्न लेखिएको गीतमा विक्रम गुरुङले संगीत दिएका छन्।  संगीतकार विक्रम गुरुङले हंगकंगमा हुने नेपथ्यको कन्र्सटमा सहभागि भएका थिए। उनले ‘आँखाको निद खोसी लाने’, ‘भुलुँ भुलुँ लाग्यो मलाई’ र ‘कतै टाढा तिमीबाट पुगेँभने म’ लगायत गीतहरु तयार गरिसकेका छन्। नेपथ्यले यसअघि साहित्यकार सरुभक्तको ‘खान्न म त लामपाते सुरती’, ‘यानीमाया’ र ‘सरुमा रानीको आँसुको कसम’ गीत गाइसकेको छ । ‘विक्रम दाईसँग जोडिने सुत्रका रुपमा पछिल्लो पटक उहाँको कृति पनि थपिएको छ,’ नेपथ्यका अमृत गुरुङले भने, ‘यो सिर्जना पहिलोपटक उहाँलाई उहाँको कर्मभूमिमा सुनाउन पाउँदा खुसी लागेको छ ।’ लामो समयदेखि हंगकंगमा रहेका नेपथ्य ब्याण्डका भीम पुनसमेतले कन्र्सटमा सहभागि भएका थिए। हंगकंगस्थित ‘तमु एशोसिएसन’को निमन्त्रणामा नेपथ्यले हंगकंगका सांगीतिक प्रस्तुती दिएको हो । ‘आठौं रोधी साँझको अवसर पारेर सांगीतिक ब्याण्ड नेपथ्यले हंगकंगमा सांगीतिक प्रस्तुती दिएको हो’तमु एशोसिएसनका गणेश गुरुङले भने। स्टेजमा अमृतसहित ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गिटारमा सुविन शाक्य र निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए। सांगीतिक नेपाली ब्यान्ड नेपथ्यले ‘जोमसोममै बजार’, ‘भेडाको ऊनजस्तो’, ‘तालको पानी’, ‘छेक्योछेक्यो’, ‘मा¥यो प्रिरतीले’, ‘रेशम’, ‘आमा’ र ‘यो जिन्दगानी’ लगायत गीतहरु चर्चामा छन्। नेपथ्यको आगामी चैत २६ मा पोखरामा सांगीतिक प्रस्तुती दिदैंछ।

प्रकाशित: ३० फाल्गुन २०७३ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App