८ वैशाख २०८१ शनिबार
समाज

रत्नपार्कमा वायुमापन केन्द्र

काठमाडौं– उपत्यकामा भइरहेको वातवरण प्रदूषणको मापनका लागि जनसंख्या तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रि«य पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड)ले संयुक्त रूपमा ‘वायु गुणस्तर मापन केन्द्र’ सञ्चालनमा ल्याएका छन् ।

मंगलबार एक समारोहका बीच केन्द्रको औपचारिक उद्घाटन गरिएको हो ।

बढ्दो वायु प्रदूषणको अवस्था हेरेर न्यूनीकरणका लागि गृहकार्य गर्न सहज गराउन केन्द्र सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ । ‘वायु प्रदूषण कसरी बढिरहेको छ भन्ने केन्द्रले देखाउँछ,’ मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले भने, ‘तथ्यांकको आधारमा प्रदूषण न्यूनीकरण गर्ने रणनीति ल्याइनेछ ।’ उनका अनुसार उपत्यकाको रत्नपार्क, पुलचोक र धुलिखेलमा केन्द्र सञ्चालनमा ल्याइएको छ । इसिमोडको साझेदारीमा मन्त्रालयले उपत्यकामा १५ र नेपालभर ५६ स्थानमा मापन केन्द्र विस्तार गर्न लागेको छ ।

केन्द्रले यन्त्रमार्फत धुलो र धुँवाको मात्र कहाँ कति मात्रामा छ भन्ने सजिलै थाहा पाउन सकिन्छ । एउटा यन्त्रले त्यस वरपर करिब १० किलोमिटरसम्मको तथ्यांक उपलब्ध गराउँछ ।

यन्त्रले उपलब्ध गराएको तथ्यांक सरकारले पोलुसन सम्बन्धीको अवस्था पोलुसन डट जिओभी डट एनपीबाट सबैले सजिलै हेर्न सक्ने मन्त्रालय वातवरण विभाग प्रदूषण महाशाखाका शंकरप्रसाद पौडेलले जानकारी दिए ।

सरकारले २४ घन्टाका लागि पार्टीकुलेट म्याटर (पिएम) १० को एक सय २०, पिएम २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर राष्ट्रिय मापदण्ड तोकेको छ । तर, उपत्यकाको प्रदूषण भने मापदण्डभन्दा उच्च रहँदै आएको विभिन्न तथ्यांकले देखाएको छ ।

प्रकाशित: २ चैत्र २०७३ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App