coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

पुस्तान्तरको कथामा ‘ब्ल्याक’

काठमाडौं– बाबु र छोरा पुस्ताबीच हुने असमझदारीलाई कथा बनाएर फिल्म ‘ब्ल्याक’ निर्माण हुने भएको छ । कमलादीस्थित गणेश मन्दिरमा सेतो परेवा उडाउँदै फिल्मको औपचारिक घोषणा गरियो । आश्मा फिल्मस्को प्रस्तुति रहने फिल्ममा प्रदीप श्रेष्ठको निर्देशन हुनेछ ।

निर्देशक श्रेष्ठले पुस्तान्तरको कथा पर्दामा उतारिने बताए । ‘बाबु र छोरा पुस्ता सधैँ आफ्नो मान्यताका लागि लडिरहेका हुन्छन् । यस्तोमा नयाँ पुस्ताले सधैँ अघिल्लो पुस्तालाई नयाँ समयको कुरा नबुझ्ने र परम्परावादी भनेर आरोप लगाउँछन् भने पुरानो पुस्ताले पनि अनुभवका हिसाबले नयाँ पुस्ता परिपक्व नभएको तर्क पेस गर्छन्,’ उनले भने, ‘फिल्मले यही बुझाइका कारण उत्पन्न हुने परिस्थितिलाई विषय बनाएको छ ।’

फिल्ममा आकाश श्रेष्ठ र रेनुकासिंह ठकुरीको मुख्य भूमिका रहनेछ । आकाशले यसअघि ‘म त तिम्रै हुँ’ र ‘तिमीसँग’ मा अभिनय गरिसकेका छन् भने रेनुकाले यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् । यी दुईबाहेक सुन्दर श्रेष्ठ, आश्मा पाण्डे, आयुष रिजाल, धिरेन शाक्य, सुशील क्षत्री, प्रिया रिजाल पनि फिल्ममा देखिनेछन् ।
आश्मा पाण्डे निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, रामशरण उप्रेतीको छायांकन, महेश खड्का र प्रदीप पौडेलको संगीत रहेको छ । वसन्त अधिकारी मुख्य सहायक निर्देशक रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ । फिल्म चैतको दोस्रो साताबाट सुटिङका लागि फ्लोरमा जानेछ ।

प्रकाशित: २ चैत्र २०७३ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App