coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

सशक्त स्मरणशक्तिको अचुक तरिका

के भन्नु भयो ? स्मरणशक्ति दह्रो छैन रे ? क्यै छैन । अब तपाईंले यसलाई गतिलो बनाउन सक्नु हुन्छ । वैज्ञानिकहरुका अनुसार तपाईं पुराना कुरा भुलिहाल्नु हुन्छ भने स्मरणशक्ति बढाउने वा स्मरण राख्ने क्षमता बढाउन सकिन्छ ।

एउटा अध्ययनमा के पाइयो भने जो याद राख्ने कुरामा विलक्षण हुन्छन्, उनीहरुको दिमागको बनावट अन्य मानिसको दिमागको बनावटको तुलनामा खासै फरक हुँदैन ।
न्युरोवैज्ञानिकहरुले स्मरणशक्ति क्षीण भएकाहरुलाई प्रशिक्षित गरी दह्रो स्मरणशक्ति बनाउन सफल भएका छन् ।

नेदरल्यान्डको रेबाउन्ड विश्वविद्यालयस्थित मेडिकल सेन्टरका चिकित्सक मार्टिन ड्रेसलर भन्छन्, ‘स्मरण उम्दा बनाउने तरिका तपाईंले पनि सिक्न सक्नुहुन्छ । प्रशिक्षणमार्फत् तपाईंले यसलाई बढाउन सक्नु हुन्छ ।’

ड्रेसलरले स्मरणशक्तिसँग सम्बन्धित प्रतिस्पर्धामा संसारभरिका २३ उम्दा मानिसहरुको दिमागलाई स्क्यान गरेका थिए । जाँचको परिणाम न्युरोन पत्रिकामा छापिएको थियो ।

स्मरणशक्ति बढाउन तपाईंले एउटा टेकनिक लगाउन सक्नुहुन्छ र त्यो टेकनिकमार्फत् तपाईंले आफ्नो स्मरणशक्ति साँच्चिकै बढाउन सक्नुहुन्छ । सुरुमा चाहिँ केही समस्या आउन सक्छ ।

स्मरणशक्ति बढाउन लोसी पद्धति अथवा प्यालेस अफ मेमोरी महŒवपूर्ण टेकनिक हो । स्मरण गर्ने क्षमता बढाउन यो निकै पुरानो तरिका हो । यसमा तपाईंले चिरपरिचित ठाउँ, जस्तो कि तपाईंको घर, कुनै ठूलो महल आदिमा काल्पनिक यात्रा गर्नुहुन्छ र त्यसको जानकारी राख्नका लागि घरका हरेक कुनामा भएका चिजबिजलाई भिजुअल इन्डिकेटरका रुपमा उपयोग गर्नुहुन्छ ।

न्युरोवैज्ञानिकहरुले तीव्र स्मरण क्षमता भएका अर्थात् च्याम्पियनहरुको दिमाग अध्ययन गर्न छ साता दैनिक ३० मिनेटको तालिम दिइयो । त्यसपछि सबै प्रतियोगीहरुको दिमाग स्क्यान गरियो । स्क्यानका लागि वैज्ञानिकहरुले काल्पनिक चुम्बकीय शब्द तरङ्गहरुको सहयोग लिए । यी तरङ्ग रक्तवहावको गतिमा आइरहेको परिवर्तनका अनुसार हुने दिमागी गतिविधिलाई पत्ता लगाउँथ्यो ।

वैज्ञानिकहरुले तिनै च्याम्पियनकै उमेरका अन्य सहयोगी र बौद्धिकहरुलाई पनि यही प्रयोगमा हुले । यसपछि च्याम्पियनका मस्तिष्क र अन्य सामान्य सहभागीका मस्तिष्कको तुलना गरियो । अध्ययनमा मस्तिष्कका कैयौँ अंशका ‘कनेक्टिभिटी प्याटर्न’मा अन्तर देखियो ।

ड्रेसलरले भने, ‘तीव्र स्मरणशक्ति भएका र सामान्य स्मरणशक्ति भएकाहरुमा न्युरोको बनोटमा ठूलो मात्रामा र अलगअलग तरिकाको अन्तर पाइयो ।’

यसपछि वैज्ञानिकहरुले अध्ययनमा समावेश भएका सामान्य स्मरणशक्ति भएका मानिसहरुलाई तालिम दिए र पत्ता लगाउने प्रयास गरे– के साँच्चिकै यिनको स्मरणशक्ति वा क्षमता बढाउन सकिन्छ !

केहीलाई त्यसरी नै प्रशिक्षित गरियो जसको प्रयोग मेमोरी एथलेट गर्छन् । केहीलाई प्रशिक्षित गर्न स्मरणशक्ति बढाउन पारम्परिक तरिका प्रयोग गरिएन । अनि बाँकीकालाई चाहिँ कुनै पनि किसिमको तालिम दिइएन ।

शोधकर्ताले यसपछिको अध्ययनमा के पाए भने, स्मरण तीव्र बनाउनका लागि जब ‘मेमोरी अफ प्रोडिजी’का तरिकाको सहयोग लिइँदा सामान्य व्यक्तिको स्मरणशक्ति पनि बढेको पाइयो ।

ड्रेसलर भन्छन्, ‘कम स्मरणशक्ति भएकाहरुको दिमागको प्याटर्नमा जुन किसिमको परिवर्तन आयो, त्यो परिवर्तन मेमोरी च्याम्पियनको प्याटर्न मिल्दोजुल्दो देखियो ।’ 

अध्ययनका लागि न्युरो वैज्ञानिक बोरिस निकोलाई कोनरडको मस्तिष्क पनि स्क्यान गरिएको थियो । कोनरडले शब्द, नाम र अनुहारलाई कम समयमै स्मरण राख्ने प्रतिस्पर्धामा दुई वटा विश्व कीर्तिमान बनाएका छन् । उनको कीर्तिमान गिनिज बुकमा समेत दर्ता छ । यस उपलब्धि हासिल गर्ने कोनरड भन्छन्, ‘बाल्यकालमा मेरो स्मरणशक्ति उति राम्रो थिएन । विद्यालयमा अंग्रेजीका शब्द सम्झन नसक्दा निकै खप्की खानु परेको थियो । यस्तो भएपछि मलाई स्मरणशक्ति बढाउने तालिमको आवश्यकता चाहिन्छ भन्ने महसुस भयो र यस्तो शक्ति बढाउने विज्ञहरुको सहयोग लिएँ ।’

क्याम्ब्रिज विश्वविद्यालयमा न्युरोसाइन्स विभागका प्राध्यापक माइकल एन्डरसन भन्छन्, ‘प्राचीन कालदेखि नै विभिन्न किसिमका तरिका प्रयोग गरी स्मरणशक्ति बढाउने काम गरिन्थ्यो । र, त्यस्ता तरिका उपयोग गरी स्मरणशक्ति कमजोर हुनेले शसक्त बनाउन सक्छन् पनि ।’

 

प्रकाशित: २ चैत्र २०७३ ०६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App