अनुवाद

कमजोर

शनिबार, ०५ चैत २०७३, ११ : ०४ नागरिक


एन्टोन चेखभ

मेरा केटाकेटी पढाउने युलिमा भार्सियेभ्जाको हिसाबकिताब गर्न चाहन्थेँ।

'बस्नोस्, युलिमा,' मैले उनीसित भनेँ, 'तिम्रो हिसाब चुक्ता गर्नुपर्‍यो। अँ, हाम्रो छिनोफानो के भएको थियो भने तिम्लाई महिनाको तीस रुबल दिइनेछ, हैन त?'

'होइन, चालीसको कुरा भएको थियो।'

'कहाँ हुनु? तीसको कुरा भएको थियो। तिमी हामीकहाँ दुई महिना बस्यौ!'

'दुई महिना पाँच दिन।'

'धिक्कार छ! मैले तिमीलाई धोका दिएको तिमीले देखिनौ? मैले तिम्रो मेहनतको पैसा कसरी उडाएँ देखिनौ? र, पनि तिमी धन्यवाद भनिरहेकी छ्यौ! अरे...मैले त तिमीलाई जाँचेको पो त! म तिमीलाई अस्सी रुबल दिन्छु। यो लेऊ पूरै पैसा!'

'पूरै दुई महिना। यी दुई महिनामा पर्ने दुई आइतबार(साप्ताहिक बिदा) घटाऊ। आइतबारको दिन तिम्रो काम पढाउने हुन्थेन, मात्र कोल्या(छोरो)लाई घुमाउन लैजान्थ्यौ र अर्को तीन दिन बिदा त तिमीले लियौ... नौ र तीन भयो बाह्र। यो हिसाबले १२ रुबल कम भयो। कोल्या चार दिन बिरामी पर्‍यो, ती चार दिन तिमीले पढाइनौ। भान्यालाई मात्र पढायौ र अर्को चार दिन तिम्रो दाँत दुख्यो। त्यो बेला मेरी पत्नीले तिमीलाई छुट्टी दिएकी थिइन्। बाह्र र सात, भयो उन्नाइस। ती सबैलाई घटायो भने, बाँकी रह्यो... अँ एक्चालीस रुबल। ठीक छ हैन त?'

युलियाको आँखामा आँशु डबडबायो।

'तिमीले त कप–प्लेट पनि फुटायौ। दुई रुबल त्यसको घटाऊ। तिम्रो लापरबाहीले कोल्या रुख चढ्दा कोट नै फटाउन पुग्यो। त्यसको दस रुबल। फेरि पनि तिम्रो लापरबाहीका कारण घरको काम सघाउने त्यो नोकर्नी भान्याले मूल्यवान बुट चोरेर भागी। पाँच रुबल त्यो पनि घट्यो... दस जनवरीको दिन तिमीले दस रुबल सापट मागेकी थियौ। एक्चालीसमा सत्ताइस घटाऊ। बाँकी भयो चौध।'

युलियाको आँखामा आँशु अटेसमटेस भएर आयो। अवरुद्ध गला बनाउँदै उसले भनी, 'मैले एक पटक मात्र तपाईंकी पत्नीसँग तीन रुबल लिएकी थिएँ...!'

'ए! त्यो त मैले लेखेकै रै'नछु। त्यो चौधमा तीन घटाऊ। अब बच्यो एघार। ल, यो राख तिम्रो तलब। दस रुबल... र यो एक रुबल। जम्माजम्मी एघार रुबल।'

'धन्यवाद,' युलियाले सुस्तरी भनी।

'धन्यवाद किन भनेकी?' मैले सोधेँ, 'यसमा धन्यवाद भन्नुपर्ने कुनै कुरा थिएन नि!'

'पैसाका लागि धन्यवाद भनेकी!'

'धिक्कार छ! मैले तिमीलाई धोका दिएको तिमीले देखिनौ? मैले तिम्रो मेहनतको पैसा कसरी उडाएँ देखिनौ? र, पनि तिमी धन्यवाद भनिरहेकी छ्यौ! अरे... मैले त तिमीलाई जाँचेको पो त! म तिमीलाई अस्सी रुबल दिन्छु। यो लेऊ पूरै पैसा!'

'धन्यवाद।'

उसले फेरि एक पटक धन्यवाद भनी। म उसलाई हेर्दै सोच्न थालेँ, यो पूरै जगत्मा शक्तिशाली हुन कति सजिलो छ!






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सलमानको जमानत वारेन्ट रद्द

सलमानको जमानत वारेन्ट रद्द

१६ वर्ष पुरानो हिट एण्ड रन मुद्दामा बलिउड अभिनेता सलमान खानको जमानत वारेन्ट खारेज भएको छ। यससँगै उनलाई प्रहरीले पक्राउ...

राजेश हमाल बने राज थारुका अभिभावक

राजेश हमाल बने राज थारुका अभिभावक

नेपाली चलचित्रका नायक राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गरेका छन्। हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा...

‘हामी सिकाउँछौं पेनाल्टी हान्न ’

‘हामी सिकाउँछौं पेनाल्टी हान्न ’

नकआउट चरणको फुटबलमा निर्धारित समय र थप गरिएको अतिरिक्त समय बराबरीमा टुंगियो भने निर्णयार्थ खेल पेनाल्टी सुटआउटमा धकेलिन्छ। ...

वैशाख पूर्णिलाई बनाऔँ विश्व ध्यान दिवस

वैशाख पूर्णिलाई बनाऔँ विश्व ध्यान दिवस

आज भन्दा पच्चिस सय ६३ वर्ष अघि वैशाख पूर्णिमाका दिन सिद्धार्थ गौतमको लुम्बिनीस्थित साल वनमा जन्म भयो । ...