७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

मुटु जोगाउने नयाँ औषधि

मुटुका चिकित्सकहरुले नयाँ औषधिले खराब कोलेस्ट्रोललाई कम गरी मुटुको व्यथा र स्ट्रोकमा अप्रत्यासित रुपमा कमी ल्याउन सक्छ। २७ हजार रोगीमाझ गरिएको एउटा अन्तर्राष्ट्रिय परीक्षणको परिणामको अर्थ के निस्कियो भने, अब सर्वसाधारणले समेत यो औषधि प्रयोग गर्न सक्छन्।

ब्रिटिस हर्ट फाउन्डेसनका अनुसार शोधको परिणामले संसारको सबैभन्दा ठूलो हत्यारो (हर्ट अट्याक)सँग प्रतिस्पर्धा गर्नेतर्फ यो एउटा निकै ठूलो कदम हुनेछ। हुन पनि हरेक वर्ष संसारभरि नै करिब डेढ करोड मानिसहरु मुटुको व्यथा र स्ट्रोकका कारण देह त्याग्ने गर्छन्।

मुटुको स्वास्थ्यका लागि सबैभन्दा खलनायक खराब कोलेस्ट्रोल हो। यसका कारण रक्तधमनी रोकिन पुग्छ र यसैको दुष्प्रभावका कारण मुटु र मस्तिष्कसम्म अक्सिजन पुग्न सक्तैन। यही कारणले मानिसलाई मुटुको व्यथाको कारक बन्ने परिस्थिति सिर्जना हुन्छ।

यही कुरा रोक्न संसारभरिका लाखौँ मानिस स्टेन्टिस नामक औषधि सेवन गर्छन्। यसले खराब कोलेस्ट्रोलको मात्रा निकै घटाइदिन्छ।

मुटुको रोगसँग लड्ने हालै चल्तीमा ल्याउन लागिएको औषधिको नाम इभोलोक्युमेब हो। यस औषधिले कलेजोले काम गर्ने तरिकामा परिवर्तन ल्याउँछ र खराब कोलेस्ट्रोललाई पनि घटाउँछ।

इम्पेरियल कलेज लन्डनका प्राध्यापक पिटर सेवर भन्छन्, ‘स्टेन्टिसको तुलनामा यो औषधि निकै प्रभावशाली छ।’

उनले औषधि कम्पनी ऐमजेनबाट पाइएको आर्थिक सहयोगले बेलायतमा औषधिको परीक्षण गरिएको थियो।

प्राध्यापक सेवरले बिबिसीलाई भने, ‘औषधिको परीक्षणको परिणाम के भयो भने कोलेस्ट्रोलको स्तर निकै कम भयो र कोलेस्ट्रोलको स्तर पहिले सेवन गर्दै गरेको जतिभन्दा निकै कम भएको पाइयो।’

परीक्षणमा बसेका रोगीहरुले पहिलेदेखि नै स्टेन्टिस प्रयोग गरिरहेका थिए र यस नयाँ औषधिले उनीहरुको हर्ट अट्याकको खतरा कम हुन थाल्यो।

प्राध्यापक सेवरले भने, ‘यस औषधिले रोगीमा हुने खतरालाई २० प्रतिशतले कम गरेको छ, जुन निकै आशाप्रद पक्ष हो। गएका २० वर्षमा कोलेस्ट्रोल कम गर्ने औषधिमध्ये यो औषधिको परीक्षण सबैभन्दा राम्रो परिणाम हो।’

परीक्षणबाट प्राप्त जानकारीलाई न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित गरिएको छ। यस जानकारी अमेरिकन कलेज अफ कार्डियोलजीको एक बैठकमा पनि राखिएको थियो।

शोधबाट के पत्ता लागेको छ भने दुई वर्षको परीक्षणमा नयाँ औषधि सेवन गर्ने हरेक ७४ रोगीका एउटा हर्ट अट्याक र स्ट्रोकलाई रोक्न सकिनेछ। हुन त यस औषधिको प्रयोगले मानिसको जीवन नै बचाउन सकिन्छ भनेर ठोकुवा गर्नु अहिले हतार हुने केही चिकित्सकहरुको भनाइ छ।

औषधिले कसरी काम गर्छ?

इभोलोक्युमेब एउटा एन्टीबडी (रोग प्रतिरोधक) हो, यसमार्फत् हाम्रो इम्युन सिस्टममा हुने संक्रमणलाई रोक्न सकिन्छ। यो औषधि हाम्रो कलेजोमा भएको पिसिएसके ९ नामक प्रोटिनलाई लक्षित गरी यसको डिजाइन गरिएको हो। यसै प्रोटिनले हाम्रो रगतमा भएको खराब कोलेस्ट्रोललाई कम गरी मुटुलाई स्वस्थ बनाउँछ।

अन्य किसिमको परीक्षणमा के पत्ता लागेको छ भने यस्ता रोग प्रतिरोधकहरुले खराब कोलेस्ट्रोलको स्तर ६० प्रतिशतसम्म कायम गरेको छ र एमजेनले मात्र यसलाई व्यापक रुपमा प्रयोगमा ल्याउनेबारे सोचेको छैन। ऊसँगै अन्य कम्पनीले पनि यसमा आँखा गाढिरहेका छन्।

यस एन्टिबडीलाई हरेक दुईदेखि चार हप्तामा सुईमार्फत् छालामा पुर्‍याइन्छ।

प्राध्यापक सेवर भन्छन्, ‘यस औषधिले सायद स्टेन्टिसको आवश्यकतालाई पूरै निर्मूल त नगर्ला किनभने कतिपय यस्ता रोगी हुन्छन्, जसमा कोलेस्ट्रोलको स्तर निकै बढी हुन्छ। यस्तो अवस्थामा त्यस्तो उच्च जोखिम भएका रोगीलाई एकभन्दा बढी औषधिको आवश्यकता पर्ने गर्छ र तिनैको माध्यमले कोलेस्ट्रोलको स्तर तल झारिन्छ।’

यस औषधि प्रयोग गर्न बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले हरेक वर्ष एक रोगीबराबर २ हजार पाउन्ड खर्च हुने आँकलन गरेको छ।

बेलायतमा स्टेन्टिसको प्रभाव नदेखिएका रोगीहरुमाथि इभोलोक्युमेब प्रयोग गर्न थालिसकिएको छ। ब्रिटिस हार्ट फाउन्डेसनका प्राध्यापक सर नीलेश समानी भन्छन्, ‘यो परीक्षण एउटा महत्वपूर्ण उपलब्धि हो।’

प्रकाशित: ६ चैत्र २०७३ ०३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App