उत्तर कोरियाद्वारा शक्तिशाली रकेट इन्जिन परीक्षण

आइतबार, ०६ चैत २०७३, १४ : ४७ नागरिक


टोक्यो – उत्तर कोरियाले नवीनतम प्रविधियुक्त, आगोको अत्यन्त ठूलो मुस्लो फाली (हाई थ्रस्ट) अति तीब्र गतिमा उड्न सक्ने रकेट इन्जिनको आइतबार सफल भूमि–परीक्षण गरेको तथ्य कोरियन सेन्ट्रल न्यूज एजेन्सि (केसिएनए)ले जनाएको छ । 

उत्तर कोरियाली नेता किम जोङ्ग उनले यस परीक्षणलाई अन्तरिक्ष अनुसन्धान कार्यक्रमतर्फ राष्ट्र कै उल्लेखनीय क्रान्तिकारी उपलब्धिको संज्ञा दिएका छन् । 

उत्तर कोरियाको सोहाए प्रक्षेपणस्थलको भूमिमा उक्त इन्जिनको सफल परीक्षण गरिएको र नेता किम जोङ्ग उन पनि उक्त परीक्षण कार्यक्रममा उपस्थित थिए । 

उत्तर कोरियाद्वारा निर्मित अत्यन्त नवीन प्रकृतिको सो रकेट इन्जिनको क्षमता, आगोको ठूलो मुस्लो फाल्न सक्ने शक्ति ९थ्रस्ट पावर०, सञ्चालन प्रणालीद्वारा नियन्त्रण हुनेमा विश्वसनीयता र संरचनात्मक सुरक्षा इत्यादि मूलभूत प्रणाली मापन र पुष्टिका लागि भूमि–परीक्षण गरिएको जनाइएको छ । 

नितान्त आफ्नै प्रविधि र मौलिक प्रयासमा उत्तर कोरियाले अन्तरिक्ष तथा ग्रहहरुको अनुसन्धान गरिरहेकोमा यस्तो परियोजनालाई थप बलिष्ठ र सफल बनाउने दिशामा यस परीक्षण ऐतिहासिक महत्वको एक ठूलो फड्को साबित भएको भनी नेता उनले उत्तर कोरियाली रकेट उद्योगको बिकासमा हासिल भएको यस क्रान्तिकारी उपलब्धिलाई मार्च १८ रिभोल्युसनू भन्ने नामकरण गर्नु उपयुक्त हुने बताए । 

अबदेखि उत्तर कोरियाद्वारा सञ्चालित अन्तरिक्ष अनुसन्धान कार्यक्रम अन्तर्गत प्रक्षेपण गरिने रकेट, भू–उपग्रह इत्यादिमा यस्तै इन्जिन जडान गरिने पनि केसिएनएद्वारा प्रकाशित प्रतिवेदनले जनाएको छ । 

लामा दूरीका क्षेप्यास्त्र परीक्षण गर्नबाट संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध अझै कायमै छ । 

तर, आफ्नो अन्तरिक्ष अनुसन्धान र भू–उपग्रह प्रक्षेपण परियोजना शान्तिपूर्ण प्रयोगका लागि भनी उत्तर कोरियाले जिकिर गरेता पनि अमेरिकालगायत अन्य राष्ट्र भने उक्त रकेट इन्जिनको परीक्षण पश्चात् सशंकित नै रहेका छन् । रासस/एपी 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘शत्रु गते’ र ‘लिलीबिली’को भिडन्त

‘शत्रु गते’ र ‘लिलीबिली’को भिडन्त

निर्देशक प्रदिप भट्टराई निर्देशित फिल्म ‘शत्रु गते’ एनएफडीसी पुरस्कारको सर्वाधिक ८ विधामा मनोनयन भएको छ। ...

मनीषाले सार्वजनिक गरिन्‘मिसिगन ब्लुज’

मनीषाले सार्वजनिक गरिन्‘मिसिगन ब्लुज’

अभिनेत्री मनीषा कोइरालाले लेखक अरुण शर्माको उपन्यास ‘मिसिगन ब्लुज’को लोकार्पण गरेकी छिन्। ...

ज्योति कविता वाचन

कविता वाचनको श्रृंखला ‘ज्योति कविचा वाचन’मा आधा दर्जन कविले कविता सुनाएका छन्। ...

दीपिकालाई रिप्लेस गर्दै आलिया

दीपिकालाई रिप्लेस गर्दै आलिया

छोटो समयमै धाँशु अभिनयको बलले निर्देशकको रोजाइमा पर्दै आएकी अािलया अब सञ्जयलिला भन्सालीको नजरमा परेकी छिन्। ...