८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

जापानी प्रधानमन्त्री युरोपतर्फ

टोक्यो –  जापानी प्रधानमन्त्री सिन्जो आबे चार दिने युरोप भ्रमणको लागि आइतबार त्यसतर्फ लागेका छन् । सो भ्रंमणको क्रममा सुरक्षाको मुद्दा सम्बन्धि छलफल हुने अनुमान गरिएको छ । 

उनले जर्मनी,फ्रान्स बेल्जियम र इटालीको भ्रमण गर्न त्यसतर्फ लागेका हुन् । उनको यो युरोप भ्रमण अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले जापानको भ्रमण गरेको केही दिन पछाडी भएको छ । 

टिलर्सनको जापान भ्रमणको क्रममा उत्तरी कोरियाले बारम्बार क्षेस्यास्त्र परिक्षण गरी दिएको चेतावनीको विषयमा छलफल भएको बताइएको छ । टिलर्सनले टोक्योको भ्रमणपछि सोल र बेइजिङको पनि भ्रमण गरेका थिए । 

आबेले युरोपियन आयोगका प्रमुख जिन क्लाउडे जुनकारसँग पनि भेटवार्ता गर्ने कार्यक्रममा रहेको बताइएको छ । 

जापानी प्रधानमन्त्री आबे इटालीका प्रधानमन्त्री पाओलो जेन्टिलोनीसँग भेटवार्तापछि आगामी बुधबार जापान फर्किने छन् । रासस÷एएफपी 

प्रकाशित: ६ चैत्र २०७३ १०:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App