६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

अफगानी सुरक्षा कारबाहीमा १५ तालिवानीको मृत्यु

अफगानिस्तान – अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीद्वारा जारी कारबाहीमा परी गत २४ घण्टायता कम्तीमा १५ जना तालिवान आतङ्ककारीको मृत्यु भएको छ भने, अन्य १२ जना घाइते भएका छन् । 

“दस्त इ अर्ची जिल्लामा शनिबार एक जना लडाकू मारिएका छन् भने अरु दुई जना घाइते भएका छन्,” अफगानी सेनाका एक जना सञ्चार अधिकृतले सिन्ह्वा समाचार समितिलाई सो जानकारी दिएका छन । 

छिमेकीमा पर्ने बाघलान प्रान्तमा सेना र लडाकूबीचमा भएको अर्को भिडन्तमा सात जना मारिनुको साथै र अन्य १० जना घाइते भएका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । 

त्यस्तै फार्याव प्रान्तको पाश्टोन कोट जिल्लामा पनि ७ जनाको मृत्यु भएको छ भने, अन्य केही घाइते भएका छन् । 

यसअवधिमा केही विस्फोटक पदार्थ तथा हातहतियारहरु पनि नियन्त्रणमा लिनुका साथै नष्ट पनि गरिएको उनले बताए । 

अफगानिस्तानको कुन्दुज, बाघलान र फर्याव प्रान्तहरुमा तालिवानी लडाकूहरु विरुद्धको कारवाही जारी रहेकाले तालिवान र सुरक्षा अधिकारीबीच भिडन्त पनि जारी नै छ । रासस÷सिन्ह्वा 
 

प्रकाशित: ६ चैत्र २०७३ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App