७ वैशाख २०८१ शुक्रबार
खेल

टेबलटेनिस खेलाडी भारततर्फ

काठमाडौं- नेपाली टेबलटेनिस खेलाडी आरएस एन्ड सीसी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबलटेनिस खेल्न आइतबार भारततर्फ लागेका छन्। प्रतियोगितामा नेपालका १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। चैत १० देखि १२ सम्म हुने प्रतियोगितामा समान ५ पुरुष–महिला खेलाडीले यु–२१ सिंगल्स, डबल्स, मिक्स र टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठ, मणिकुमार लामा, रीतिज जोशी, विपुल महर्जन र नारायण घिमिरेले खेल्नेछन्। महिलातर्फ सोनु थापा मगर, सिक्का सुवाल, गीता अर्याल, सुजाता दुवाल र मन्जु सुवालले नेपालको प्रतिनिधित्व गर्नेछन्। नेपाली टोलीको प्रशिक्षकमा सञ्जय अर्याल र  टिम व्यवस्थापकमा शिव देउजा छन्।

प्रकाशित: ७ चैत्र २०७३ ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App