coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिन्धुली अस्पतालमा ८९ प्रकारका औषधि निशुल्क


सिन्धुली – जिल्ला अस्पताल सिन्धुलीले अब ८९ प्रकारका औषधि निशुल्क दिने भएको छ । जिल्लाको माग र अवस्थालाई मध्येनजर गरी यस्तो निर्णय गरिएको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ । वर्षेनी सरकारले उपलब्ध गराउँदै आएको ७० प्रकारका निशुल्क औषधि, मानसिक रोगका ११ प्रकारका औषधि र ८ प्रकारको मुटु तथा सुगर रोगको औषधि उपलब्ध गराउने तयारी भएको अस्पतालकी निमित्त प्रमुख डाक्टर सुमित्रा गौतमले जानकारी दिइन् । 
    उनका अनुसार यि औषधि खरिद गर्नका लागि टेण्डर प्रक्रिया भई सम्झौताको चरणमा पुगिसकेको छ । अब केही दिनमा नै सम्झौता गरेर यही महिनाबाट हामी ७० प्रकारका निशुल्क, ११ प्रकारका मानसिक रोगी तथा ८ प्रकारका मुटु तथा सुगर रोगका औषधि निशुल्क उपलब्ध गराउँछौँ, निमित्त प्रमुख गौतमले नागरिकसँग भनिन् । बिरामीको माग अनुसार र सरकारले दिने औषधि उपलब्ध गराउने तयारी भएको उनले बताइन् । जिल्ला अस्पताल पचास शैयाको भएसँगै सेवा सुविधा थपिदा औषधि पनि थपिएको अस्पतालले स्रोतले जनाएको छ । 
 

प्रकाशित: ७ चैत्र २०७३ ०९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App