चुनाव नभए संवैधानिक सङ्कट आउँछ : सभापति देउवा

सोमबार, ०७ चैत २०७३, १५ : ५१ नागरिक


भक्तपुर – नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने र चुनाव नभए संवैधानिक सङ्कट आउने बताएका छन्। 

सोमबार भक्तपुरको लोकन्थलीमा नेपाली काँग्रेस नामक पत्रिकाले आयोजना गरेको नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सातौँ पुण्य स्मृति दिवस कार्यक्रममा उनले निर्वाचन हुन्न कि भन्ने शङ्का नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे । 

चुनाव नभए संवैधानिक सङ्कट आउने र यसले प्रजातन्त्र खतरामा पर्ने औँल्याउँदै सभापति देउवाले भने – “चुनाव नहुने कुरै छैन, चुनाव हुन्छ, हुन्छ, हुन्छ, यसमा शङ्का नगर्नुस्, चुनाव नभए संवैधानिक सङ्कट आउँछ, प्रजातन्त्र खतरामा पर्छ ।” 

उनले चुनावमा जानुको अब विकल्प छैन्, चुनाव नभए प्रजातन्त्र नै नरहने सङ्केत गर्दै चुनावमा होमिन कार्यकर्तालाई निर्देशन दिए । 

हिमाल, पहाड र तराईलाई विभाजन गरी यहाँका बासिन्दाको एकता भाँड्ने षड्यन्त्र भइरहेको बताउँदै सभापति देउवाले भने – “तराई, पहाड र हिमालमा बस्ने सबै नेपालीबीच फाटो ल्याउने षड्यन्त्र भइरहेको छ, यसलाई चिर्न पनि काँग्रेसले निर्वाचनलाई सफल पार्न जरुरी छ ।” 

कार्यक्रममा नेपाली काँग्रेसका सांसद रामेश्वर ढुङ्गेल, मनमोहन भट्टराई, काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, काँग्रेस नेता मधु आचार्य, काँग्रेस जिल्ला सभापति दुर्लभ थापालगायतले नेपाली काँग्रेसभित्र गुट उपगुटको अन्त्य गरी एकढिक्का भएर चुनावमा गए जित हासिल हुने बताए । रासस 
 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

राजेश हमाल बने राज थारुका अभिभावक

राजेश हमाल बने राज थारुका अभिभावक

नेपाली चलचित्रका नायक राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गरेका छन्। हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा...

‘हामी सिकाउँछौं पेनाल्टी हान्न ’

‘हामी सिकाउँछौं पेनाल्टी हान्न ’

नकआउट चरणको फुटबलमा निर्धारित समय र थप गरिएको अतिरिक्त समय बराबरीमा टुंगियो भने निर्णयार्थ खेल पेनाल्टी सुटआउटमा धकेलिन्छ। ...

वैशाख पूर्णिलाई बनाऔँ विश्व ध्यान दिवस

वैशाख पूर्णिलाई बनाऔँ विश्व ध्यान दिवस

आज भन्दा पच्चिस सय ६३ वर्ष अघि वैशाख पूर्णिमाका दिन सिद्धार्थ गौतमको लुम्बिनीस्थित साल वनमा जन्म भयो । ...

म्युजिकल्ली मोह

म्युजिकल डट ली एप अर्थात बोलीचालीको भाषामा म्युजिकल्ली, बच्चादेखि वृद्धसम्मको प्रिय एप भएको छ । आफू आफैसँग एक्टिङ गरेर हरेकको...