खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो

सोमबार, ०७ चैत २०७३, १९ : २७ नागरिक


काठमाडौं— नेपाल सार्कको तेस्रो खुशी राष्ट्रको सूचिमा परेको छ। विश्वका खुशी राष्ट्रको सूचि प्रकाशित गर्ने एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले नेपाललाई पाकिस्तान, भूटानपछि तेस्रो नम्बरमा देखाएको हो।

ह्यापीनेस रिसर्च इन्स्टिच्युटको नयाँ रिपोर्टमा ४.९६ अंक पाउँदै नेपाल बंगलादेश, श्रीलंका, भारत तथा अफगानिस्तानभन्दा अगाडि परेको हो।

ह्यापीनेस रिसर्च इन्स्टिच्युटको नयाँ रिपोर्टमा ४.९६ अंक पाउँदै विश्वको ९९ औं स्थानमा परेको छ। बंगलादेश, श्रीलंका, भारत तथा अफगानिस्तान नेपालभन्दा पछाडि छन्। ५.२६ अंक पाउँदै पाकिस्तान सार्कको सबैभन्दा बढी खुशी राष्ट्रको सूचिमा  छ भने ५.०११ अंक पाएर भूटान दोस्रो स्थानमा छ।

विश्वका खुशी देशहरुको सूचिमा नर्वे एक नम्बरमा परेको छ। भौतिकवादको जननी मानिने अमेरिका गत वर्षभन्दा एक स्थान तल ओर्लंदै १४ औं स्थानमा पुगेको छ। गत वर्ष अमेरिका १३ औं स्थानमा थियो।

रिपोर्टमा १५५ मुलुकहरु समावेश छन्। रिपोर्ट तयार पार्दा पैसा, सम्पत्तिसँगै मानवीय पक्षलाई महत्वका साथ हेरिएको थियो।

विश्वका शीर्ष १० खुशी राष्ट्रहरुको सूचि
१. नर्वे
२. डेनमार्क
३. आइसल्यान्ड
४. स्विजरल्यान्ड
५. फिनल्यान्ड
६. नेदरल्यान्ड्स
७. क्यानडा
८. न्युजिल्यान्ड
९. अष्ट्रेलिया
१०. स्विडेन

विश्वका १० शीर्ष दुःखी राष्ट्रहरुको सूचि
१४६. यमन
१४७. दक्षिण सुडान
१४८. लाइब्रेरिया
१४९. गिनी
१५०. टेङ्गोे
१५१. रुवान्डा
१५२. सिरिया
१५३. तान्जेनिया
१५४. बुरुन्डी
१५५. सेन्ट्रल अफ्रिकन रिपब्लिक






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

मैनालीले ल्याए ‘नसुतेको रात’

मैनालीले ल्याए ‘नसुतेको रात’

गजलकार डा. प्रदीप मैलानीले ‘नसुतेको रात’ गजलसङ्ग्रह बजारमा ल्याएका छन्। काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. गंगाप्रसाद...

अस्मिता ‘राइजिङ स्टार’

अस्मिता ‘राइजिङ स्टार’

जधानीको गोल्फुटारस्थित लोयल्टी एकेडेमीमा अध्ययनरत अस्मिता खड्का यो वर्षको ‘राइजिङ स्टार’ विजेता बनेकी छन्। ...

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई ‘अजर अमर सम्मान २०७५’ बाट सम्मान गरिने भएको छ । संगीतकार संघ नेपालले शुक्रबार काठमाडौंबाट...

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

पछिल्लो समयमा प्रेमकथाका फिल्म बन्ने र रिलिज हुने क्रम बढ्दो छ । यही मेसोमा प्रेमकथाकै कुरा बोल्ने नयाँ फिल्म ‘प्रेमवाणी’को...