७ वैशाख २०८१ शुक्रबार
प्रविधि

फेसबुक म्यासेन्जरबाटै पैसा लेनदेन गर्न सकिने

फेसबुक म्यासेन्जरको माध्यमबाट पनि पैस पठाउन वा लिन सकिने भएको छ। पेपल जस्तै गरी यसबाट पनि पैसाल लन वा दिन सकिने भएको हो। यो सुविधा पाउनको लागि विभिन्न चार चरणहरु पार गर्नु पर्ने छ।

पहिलो चरणमा डेविट कार्डलाई म्यासेन्जरमा कनेक्ट गर्नुहोस्। यस आईओएस् एप्स् तपाईको सेटिङमा ट्याप गरी भुक्तानी टाइप गरेपछि पहिलो प्रक्रिया पुरा भएको मानिन्छ।

दोस्रो चरण  तपाई जो सँग पैसा पठाउन वा पाउन चाहनुहुन्छ उससँग एक पटक च्याट गर्नुहोस्। त्यसपछि टुलबारमा गएर ट्याप गर्नु पर्ने छ जहाँ तपाईले तीनवटा डट्स सहितको आयाताकार बक्स पाउनुहुन्छ।

तेस्रो चरणमा भुक्तानी लेखेको ठाउँमा गएर क्लिक गर्नुहोस् त्यस पश्चात् तपाईले पठाउन वा पाउन चाहेको रकम लेख्नुहोस्।

चौथौ चरण तपाईले पठाउन वा पाउन चाहेको रकम भुक्तानीको कारण सहित उल्लेख गरेपछि तपाईको म्यासेन्जरबाट रकम भुक्तानीको प्रक्रिया सम्पन्न भएको मानिन्छ। यसले इलेक्ट्रोनिक्स लेनदेनलाई अझ सहज बनाइदिने विश्वास गरिएको छ।  

प्रकाशित: १९ चैत्र २०७३ ०८:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App