८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश-१ को नगर 'आकांक्षी' मा हानथाप

प्रदेश–१ अन्तर्गत कोसीका पहाडी र तराईका जिल्लामा नगरपालिका निर्वाचनका लागि उम्मेदवार बन्न मुख्य दलभित्रै हानथाप सुरु भएको छ। धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, सुनसरी, मोरङ र सुनसरीमा कांग्रेस, एमाले र माओवादी केन्द्रका तर्फबाट मुख्य पदमै दर्जनौं आकांक्षी देखिएका छन्।

जिल्ला समिति पदाधिकारी, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यले मेयर र उपमेयरमा दाबेदारी प्रस्तुत गरिरहेका छन्। राप्रपा र संघीय समाजवादी फोरममा समेत 'आकांक्षी' बढेका छन्।

 

धनकुटामा जिल्ला तहका नेता

धनकुटा नगरपालिकामा कांग्रेसबाट जिल्ला कार्यसमिति उपसभापति नवीनकिशोर शाक्य, कोषाध्यक्ष दिनेश राई र नगर अध्यक्ष रोशन श्रेष्ठले मेयरमा दाबेदारी प्रस्तुत गरिरहेका छन्।

उपमेयरमा अम्बिका राई, ज्योति प्रधान, सावित्रा श्रेष्ठ राई, रेबिका बराल, अम्बिका परियार र रेणु श्रेष्ठको नाम चर्चामा छ। उनीहरूमध्येबाट उम्मेदवार तय गरिने कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले बताए।

एमालेबाट मेयरमा जिल्ला कमिटी सचिवालय सदस्य चिन्तन तामाङ, अर्जनकुमार राई, नरेन्द्र पोखरेल, उमेश घिमिरे र नगर अध्यक्ष अर्जुन छाराको नाम चर्चामा छ। उपमेयरमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य शकुन्तला बस्नेत, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष घुममाया (सीमा) राई, मानवअधिकारकर्मी गीता अधिकारीको नाम चर्चामा छ।

माओवादी केन्द्रबाट मेयरमा गणेश बिष्ट, सीताराम श्रेष्ठ र डम्बर सुब्बा आकांक्षी देखिएका छन्। उपमेयरमा राष्ट्रिय खेलकुद परिषद् पूर्वसदस्य जुलीकुमारी श्रेष्ठले दाबेदारी प्रस्तुत गरिरहेका छन्। त्यस्तै राप्रपाबाट चन्द्र बिष्ट, यज्ञबहादुर कार्कीको नाम चर्चामा छ।

धनकुटा नगरपालिकामा १८ हजार १ सय ६० मतदाता छन्।

पाख्रिबासमा महिला अगाडि

पाखि्रबास नगरपालिकामा कांग्रेसबाट क्षेत्रीय सभापति इन्दिरा थापा र जिल्ला सदस्य ज्ञानु गुरुङ, अम्बिका धमला र चूडामणि धमलाको मेयर तथा उपमेयरमा पदमा दाबेदारी छ।

एमालेबाट बिर्खबहादुर राई, भीम राई र शान्तिराम गौतमको मेयरमा दाबेदारी प्रस्तुत गरिरहेका छन्। देवकला तिम्सिना र नम्रता देउजाले उपमेयरमा उम्मेदवार बन्ने इच्छा देखाएका छन्।

त्यस्तै माओवादी केन्द्रबाट मुक्ति बजगाईं, नगेन्द्र गहतराज, करवीर राई र नेत्र भण्डारीले मेयरमा दाबी गरेका छन्। मेयरमा राप्रपाका महामन्त्री सुनिलबहादुर थापाका छोरा सिद्धार्थको नामसमेत चर्चामा छ। पाखि्रबास नगरपालिकामा १३ हजार ९ सय ८२ मतदाता छन्।

महालक्ष्मीमा आकांक्षी धेरै

महालक्ष्मी नगरपालिकामा कांग्रेसबाट जिल्ला सभापति अग्नि पौडेल, जिल्ला सदस्य लेखनाथ पौडेल, सुमना तिम्सिना, आशा पराजुली र रमेश पौडेलमध्येबाट मेयर तथा उपमेयरको उम्मेदवार तय गरिने भएको छ। एमालेबाट जिल्ला सचिवालय सदस्य टंक चौहान, खगेन्द्र सुवेदी, जिल्ला सदस्यहरू पर्शुराम नेपाल र दीपक बुढाथोकी मेयरमा आकांक्षी देखिएका छन्। उपमेयरमा मञ्जु अधिकारीले मात्रै इच्छा देखाएकी छिन्। माओवादी केन्द्रबाट राम कार्की,  भोला थापा, भरत कुँवर र प्रेम खड्काको सम्भावना रहेको बताइएको छ। महालक्ष्मी नगरपालिकामा १५ हजार ८५५ मतदाता  छन्।

 

भोजपुरमा पनि दर्जनौं आकांक्षी

भोजपुरमा भोजपुर नगरपालिका र षडानन्द नगरपालिका छन्। नगरपालिका भएसँगै स्थानीय तहको निर्वाचनले पनि महत्व पाएको छ। भोजपुर नगरपालिकामा १५ हजार ४८६ र षडानन्द नगरपालिकामा १८ हजार ५१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ। एमालेले यसअघिको स्थानीय चुनावमा चार गाविसबाहेक अन्यमा जित हासिल गरेको थियो। एमाले सोही जित निरन्तरता दिने अभियानमा छ भने कांग्रेस, एमाले ‘लाल किल्ला' तोड्ने अभियानमा छ।

भोजपुर नगरपालिका

कांग्रेसमा भोजपुर नगरपालिकामा मेयरमा जिल्ला समिति सचिव कैलाशकुमार आले, नगर सभापति डम्बरकुमार श्रेष्ठ र जिल्ला सदस्य गोपाल तामाङको नाम चर्चामा छ। चर्चामा भएकाबाहेक अन्य पनि उम्मेदवार छनोट हुनसक्ने कांग्रेस महासमिति सदस्य हेमन्त मुकारुङले बताए। एमालेबाट भोजपुर नगरपालिकामा गणेश श्रेष्ठ, भरत तामाङ र रमेश शाक्यको नाम चर्चामा छ।

षडानन्द नगरपालिका

षडानन्द नगरपालिकामा कांग्रेस महासमिति सदस्य वीरवल राई र जिल्ला कमिटी सदस्य जनक घलेको नाम अगाडि छ। वीरबल साविकको कुदाककाउले गाविसबाट २०४९ र २०५४ सालमा अध्यक्षमा निर्वाचित भएका हुन्।  षडानन्द नगरपालिकामा एमालेबाट सुरेन्द्र उदास र देवीराम चौलागाई आकांक्षी देखिएका छन्। सुरेन्द्र प्रदेश सदस्य हुन् भने देवीराम जिल्ला कमिटी उपाध्यक्ष हुन्।

माओवादीले भने उम्मेदवार छनोट प्रक्रिया चैत २४ गतेबाट मात्र थाल्ने बताएको छ। कसलाई उम्मेदवार बनाउने विषयमा छलफल अझै नभएको जिल्ला संयोजक राजेश खतिवडाले बताए।

प्रमुख तीन दलबाहेक राप्रपा पनि उम्मेदवार छान्ने गृहकार्यमा छ। दुवै नगरपालिकामा उम्मेदवारी दिने तयारी भइरहेको अध्यक्ष धीरेन्द्र श्रेष्ठले बताए। दुवै नगरपालिकामा महिला आकांक्षी न्यून छन्।

तेह्रथुममा आकांक्षी धेरै

म्याङलुङ र लालिगुराँस नगरपालिकाका लागि मेयर र उपमेयरमा उम्मेदवार बन्न थुप्रैले इच्छा व्यक्त गरेका छन्। कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताकार्यकर्ताले मेयर–उपमेयर पदमा उम्मेदवार बन्नका लागि केन्द्रीय नेतासामु 'लबिङ' थालेका छन्।

म्याङलुङमा समाजसेवी पनि आकांक्षी

म्याङलुङ नगरपालिकामा नेपाली कांग्रेसबाट जिल्ला उपसभापति अर्जुन ढुंगाना, कोषाध्यक्ष रणविक्रम लिम्बु र राजेन्द्र ढुंगाना मेयरका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन्। उपमेयरमा महाधिवेशन प्रतिनिधि वसन्ती गुरुङ, महासमिति सदस्य राधा प्रधानांग र समाजसेवी फूलमाया तामाङको नाम चर्चामा छ।

एमालेबाट जिल्ला उपाध्यक्ष सञ्जय तुम्बाहाङफे, उपसचिव भूपतिलाल श्रेष्ठ, जिल्ला सदस्य ज्ञानबहादुर खत्री र गोविन्दराज श्रेष्ठले इच्छा देखाएका छन्। उपमेयरमा जिल्ला सदस्य पार्वती सानु डाँगी, समाजसेवी तारा गुरुङ र अखिल नेपाल महिला संघकी अध्यक्ष शारदा कोइरालाको नाम चर्चामा छ।

माओवादी केन्द्रबाट मेयर र उपमेयरमा नगरपालिका संयोजक काजी सुब्बा, सहसंयोजक नारायणलाल श्रेष्ठ, जिल्ला सदस्य नेत्र सोदेम्बा, जिल्ला सदस्य प्रेम खड्का, सोभा दाहाल र अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष विमला फुँयालको नाम चर्चामा छ।

लालीगुराँसमा मुख्य दलकै आकांक्षी धेरै

लालिगुराँस नगरपालिकामा पनि मुख्य दलकै आकांक्षी बढी छन्। मेयरमा कांग्रेसबाट नगर सभापति अर्जुन माबुहाङ र उपसभापति अम्बर गुरुङ तथा उपमेयरमा समाजसेवी तिला पोख्रेलको नाम चर्चामा छ।

एमालेबाट जिल्ला सदस्य गणेश सेने, वीरबहादुर लिम्बु, तुलसीराम खनाल नगर अध्यक्ष गंगाराम खनालले मेयरमा दाबेदारी प्रस्तुत गरिरहेका छन् भने उपमेयरमा शान्तिला लिम्बु र गीता सिवाको नाम चर्चामा छ।

माओवादी केन्द्रबाट मेयरका लागि सचिवालय सदस्य तेजेन्द्र कुरुम्बाङ, छिरिङ लामा, इलाका इन्चार्ज धर्मराज खड्का र जिल्ला कमिटी सदस्य पूर्णकुमारी मगर तथा उपमेयरमा जिल्ला सदस्य सिम्पल पिठा र प्रेमा अधिकारीले आकांक्षा देखाएका छन्।

खाँदबारीमा महिला आकांक्षी न्यून

संखुवासभाको खाँदबारी नगरपालिकामा कांग्रेसबाट महासमिति सदस्य महेश थपलिया, पूर्वमहाधिवेशन प्रतिनिधि शेरबहादुर वन, पूर्व क्षेत्रीय सभापति हरिश्वर थापामगर, गौली संखुवासभा उद्योग वाणिज्य संघ अध्यक्ष अनन्तकुमार गौली, क्षेत्रीय सभापति उमेश चौहानलगायतको नाम मेयरका लागि चर्चामा छ। उपमेयरमा चित्ररेखा अधिकारी र नीरु बस्नेतको नाम चर्चामा छ।

एमालेबाट किरणकुमार शाक्य, उपप्रमुख जेबी घिमिरे, जिल्ला सदस्यहरू भरतकुमार घिमिरे, सुमन शाक्य, लेखनाथ बुढाथोकी, देवेन्द्र घिमिरे, सुजनकुमार श्रेष्ठ, नारायण कटुवाललगायतको नाम चर्चामा छ। माओवादी केन्›बाट सीताराम तिम्सिना, वीरबहादुर लिम्बु र सुशीला घिमिरेको नाम चर्चामा छ।

चैनपुरमा तीन पार्टीकै चर्चा

चैनपुर नगरपालिकामा कांग्रेसबाट दीपेन्›मान शाक्य, ज्ञानबहादुर कार्की, कुमारबाबु अधिकारी, शंकरमान कडेल, दीपक लिम्बुलगायतको नाम चर्चामा छ। एमालेबाट चैनपुर नगरपालिकामा आशिष शाक्य, गोपाल श्रेष्ठ, उमेश डाँगी, कृष्ण तामाङ, भरत खत्रीलगायत आकांक्षी देखिएका छन्। माओवादी केन्द्रबाट लाखमान तामाङ, डम्बर अधिकारी र सुमन डागी चर्चामा छन्।

मादीमा पनि आकांक्षी धेरै

मादी नगरपालिकामा कांग्रेसबाट सुशीलराज दाहाल, रामकुमार जिमी, दिलकुमार गुरुङ, डम्बर बस्नेतलगायतले उम्मेदवार हुने इच्छा देखाएका छन्। एमालेबाट मादी नगरपालिकामा जीवन लिंथेप, जीवन गुरुङ र विदुर सुब्बा चर्चामा छन्। माओवादी केन्द्रबाट दावा लामा सर्वसम्मत जस्तै देखिएका छन्।

पाँचखपन नगरपालिकामा कांग्रेसबाट बिपिन राईको नाम मात्रै चर्चामा छ। एमालेका तर्फबाट पाँचखपनका लागि हिन्दुकुमार राई, सरीता खड्का र मानसिं पोख्रेल, प्रेम श्रेष्ठलगायतको नाम चर्चामा छ। माओवादी केन्द्रबाट चन्› न्यौपाने र हिमाल बोगटीको चर्चा चलेको छ।

धर्मदेवी नगरपालिकाका लागि कांग्रेसबाट देवराज सुवेदी, भक्तबहादुर गुरुङ, रमेश जिमी र रत्न कटुवालको नाम चर्चामा छ। एमालेबाट ऋषिकेशव चापागाई, भीम लिंखा र पदम गुरुङ चर्चामा छन्। माओवादीबाट कुलबहादुर कार्की, दोर्ची शेर्पा, छिरीङ भोटे र भूपालसिंह तामाङको नाम चर्चामा छ।

सुनसरीमा दलभित्रै प्रतिस्पर्धा

१९ वर्षपछि हुन लागेको स्थानीय निकाय निर्वाचनमा सुनसरीका चार नगरपालिकाबाट उम्मेदवार बन्नका लागि दलभित्रै तीव्र प्रतिस्पर्धा सुरु भएको छ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलगायत दलबाट मेयर र उपमेयरमा उम्मेदवार हुने आकांक्षीको सूची लामै भएपछि तीव्र प्रतिस्पर्धा सुरु भएको हो।

 

दुहबी नगरपालिका

दलबीचमै उम्मेदवार छान्न सकस परेका बेला दुहवी नगरपालिकामा कांग्रेसबाट मेयरको उम्मेदवार हुन हाजी अब्दुल मियाँ, गुलाबी मियाँ, गौरीशंकर रौनियार र शंकर थापाले रुचि राखेका छन्। उपमेयरमा अहिलेसम्म कांग्रेसबाट कसैको चर्चा छैन। पार्टीले मेयरको उम्मेदवारका आधारमा तय गर्ने जनाएको छ।

दुहबीमा एमालेबाट विनय पोखरेल र रामबाबु निरौला मेयरमा आकांक्षी देखिएका छन्। एमालेबाटै खडगनारायण उरावको नाम राख्नुपर्ने भन्दै कार्यकर्ताबाट दबाब आएको छ। उपमेयरका लागि एमालेबाट मीना राई र चन्द्रकला चौधरीको चर्चा छ। दुहबीमा माओवादी केन्द्रबाट अर्थलाल चौधरीको मेयर र रेखा पाण्डेको उपमेयरमा सम्भावना बढी छ।

माओवादी केन्द्रबाटै मेयरमा जीवन थापाको पनि नाम स्थानीय स्तरबाट सिफारिस भएको जिल्ला समितिले जनाएको छ।

यसैगरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट मेयरका लागि प्रदीप चौधरी, कुमार थापा, टेकचन्द्र विश्वास र वेद गच्छदारमध्येबाट उम्मेदवार बन्ने चर्चा छ। फोरम लोकतान्त्रिकका तर्फबाट दुहबीमा उपमेयरमा अहिलेसम्म कसैले रुचि नदेखाएकाले पार्टीको निर्णय नै अन्तिम हुने जिल्ला अध्यक्ष प्रदीप चौधरीले बताए। राप्रपाबाट मेयरमा रामबहादुर राउत र उपमेयरमा सुमित्रा विश्वासको पक्कापक्कीजस्तै छ।

इनरुवा नगरपालिका

जिल्ला सदरमुकाम रहेको इनरुवा नगरपालिकाको मेयरमा कांग्रेसबाट जिल्ला सचिव केदार भण्डारीसँगै राजन मेहता र इन्द्र पोखरेलको चर्चा छ। उपमेयरमा ज्योति सुब्बा, कमला खतिवडा र जमुना पोखरेलले रुचि राखेका छन्।

इनरुवामा एमालेबाट मेयरका लागि पोस्टकुमार नेपाल, मीरा आचार्य, डम्बर भण्डारी र कालुराम गुरुङको चर्चा छ। उपमेयरमा कानुन अधिकारी, श्यामदेव मेहता र शकुन्ता भण्डारीको चर्चा छ। माओवादी केन्द्रबाट पप्पु मण्डलको मेयर र उपमेयरमा तोया गिरीको सम्भावना बढी छ। मेयरका लागि सुरेन्द्र कटवाल र ओमकार दाहालको पनि नाम जिल्लासमक्ष सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ।

इनरुवामा राप्रपाका तर्फबाट मेयरमा हीराप्रसाद पोखरेल र पारसमणि यादव आकांक्षी छन्। उपमेयरमा निरुपा राणा र कल्पना अर्यालको नाम चर्चामा छ। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट मेयरका लागि बौवालाल मेहता, मनोज मेहता, योगेन्द्र मेहता र हरिलाल मेहता चर्चामा छन्।

बराह नगरपालिका

बराह नगरपालिकामा कांग्रेसमा मेयरका लागि बाबुराम बिष्ट र रेवतीरमण दुलालको चर्चा छ। उपमेयरमा सुशीला पौडेल खनाल र पूजा धामीले रुचि राखेका छन्। मेयरमा बिष्ट र दुलाल जो भए पनि उपमेयरमा धामीको बढी सम्भावना रहेको पार्टीले जनाएको छ। एमालेबाट नीलम खनालको मेयरमा बढी चर्चा छ। यस्तै, बद्री घिमिरे र केशव खतिवडा पनि मेयरको उम्मेदवार बन्ने दौडमा छन्। माओवादी केन्द्रबाट मेयरमा कमलबहादुर कटवालको सम्भावना बढी छ। मेयरकै लागि पुष्प ढुंगाना र राजन कटवालको पनि नाम सिफारिस भएको छ। उपमेयरमा सपना परियार, उर्मिला बरायली र तारा बस्नेतको नाम सिफारिस भए पनि कसलाई उम्मेदवार बनाउनेबारे छलफल चलिरहेको माओवादी केन्द्रले जनाएको छ।

बराहमा राप्रपाबाट मेयरका लागि दीपक कार्की, रमेश बिष्ट र नेत्र घिमिरेको चर्चा छ। उपमेयरमा उर्मिला कटवाल र कृष्णमाया दाहालको नाम अगाडि छ। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट भने मेयरका लागि काशीराम चौधरीको नाम अगाडि छ।

रामधुनी भासी नगरपालिका

रामधुनी भासीमा कांग्रेसबाट ६ नम्बरका सभापति उपेन्द्र कटवाल र सुदीप अधिकारीको बढी चर्चा छ। मेयरकै लागि पृतनारायण चौधरी र जयप्रकाश चौधरीले पनि आकांक्षा राखेका छन्। यीमध्ये कटवालको सम्भावना बलियो छ। उपमेयरमा विजय कटवाल र सियावती चौधरीले रुचि राखेका छन्।

रामधुनीमा मेयरका लागि एमालेबाट जिल्ला सचिव नन्दकुमार बस्नेतसँगै श्यामनारायण राजधामी, शंकर चौधरी र रुद्र बस्नेतले रुचि राखेका छन्। जिल्ला सचिव भएकाले नन्दकुमारको बढी सम्भावना रहेको पार्टी स्रोतले जनाएको छ। उपमेयरमा एमालेबाट राधा कटवाल र दुर्गा नेपालको चर्चा छ।

माओवादी केन्द्रबाट मेयरमा चन्द्रकुमार चौधरीको सम्भावना बढी छ। मेयरकै लागि दिनेश चौधरी र बलराम आचार्यले पनि रुचि राखेका छन्। उपमेयरमा भगवती चौधरीको पक्कापक्कीजस्तै छ।

रामधुनीमा राप्रपाबाट मेयरका लागि दीपनारायण चौधरी र उपमेयरमा मीना कार्कीको पक्काजत्तिकै छ। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट मेयरमा केसीलाल चौधरी र मनोज चौधरीले रुचि राखेका छन्। उपमेयरमा अहिलेसम्म विष्णु चौधरीले आकांक्षा राखेकी छन्। सुनसरीमा संघीय समाजवादी फोरम नेपालसँगै अन्य केही मधेसी दलका नेताकार्यकर्ता पार्टी केन्द्रको निर्णय पर्खेर बसेकाले गर्दा आकांक्षी खुलिसकेका छैनन्।

मोरङमा पनि तीन पार्टीबीचमै प्रतिस्पर्धा

सुन्दरहरैंचा नगरपालिका (मोरङ)

सुन्दरहरैंचा नगरपालिकामा कांग्रेसबाट शिवप्रसाद ढकाल, भगवती पौडेल, लोकप्रसाद संग्रौला, गोपाल थापा, चैतन्य सिटौला, सुरेन्द्र बस्नेत, हरिनारायण चौधरीको नाम चर्चामा छ।

एमालेबाट अर्जुन अधिकारी, अजम्बर राई, केदार गुरागार्इं, राजकुमार ओझा र पीतकुमार श्रेष्ठ चर्चामा छन्। माओवादी केन्द्रबाट उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका अध्यक्ष नवराज चापागाई, मित्रसेन योञ्जन र कुमार राई, लाता न्यौपाने आकांक्षा देखाएका छन्।

बेलबारी नगरपालिका

बेलबारीमा कांग्रेसबाट महेन्द्र सुवेदी, राजकुमार लिम्बु, डिल्ली गिरी, नगेन्द्र कट्टेल र रुकमणि धिमालको नाम चर्चामा छ। कांग्रेसबाटै यज्ञ ढकाल पनि आकांक्षी हुन्।

एमालेबाट डिपी राई, ज्ञानेन्द्र सुवेदी, इरान राई र राजकुमार बस्नेतको नाम चर्चामा छ। त्यस्तै, माओवादी केन्द्रबाट तिलक राई, पर्शुराम सुवेदी, रामप्रसाद राई र पुष्प चौधरीको नाम चर्चामा छ।

पथरी शनिश्चरे नगरपालिका

पथरी शनिश्चरे नगरपालिकामा कांग्रेसबाट गणेश खड्का, किरण थापा र माधव कोइराला, पर्शुराम कार्की चर्चामा छन्।

एमालेबाट रामकुमार बस्नेत, मोहन तुम्वा र तिलक वान्तवा, मोहन न्यौपाने, राजकुमार बा“स्कोटाको नाम चर्चामा छ। माओवादी केन्द्रबाट जहरमान लिम्बु, विकास मगर र यशोदा खतिवडाले आकांक्षा देखाएका छन्।

उर्लाबारी नगरपालिका

उर्लाबारीमा कांग्रेसबाट वीरबल थापाखड्ग फागो र जयधर्म आचार्यको नाम चर्चामा छ। कांग्रेसबाटै अर्का आकांक्षी भोलामान श्रेष्ठ पनि चर्चामा छन्।

त्यसैगरी उर्लाबारीमा एमालेबाट भूपाल जिमी, मानबहादुर श्रेष्ठ, उमाकान्त गौतम, अग्नि भट्टराई र पुष्प ढकालको नाम चर्चामा छ। उर्लाबारीमा माओवादी केन्द्रबाट राजेन्द्र पौडेल, प्रेम मिभक, अनुप राजवंशी र पूरा ताजपुरियाको नाम चर्चामा रहेको छ।

लेटाङ नगरपालिका

लेटाङ नगरपालिकामा कांग्रेसबाट ईश्वरी कोइराला, दीपकचन्द्र राई, शंकर राई र राजकुमार लामाको नाम चर्चामा छ।

मेयरमा एमालेबाट भूपेन्द्र लावती, घनश्याम खतिवडा, भूमि मगर र शान्ति लिम्बुको नाम चर्चामा छ। त्यसैगरी माओवादी केन्द्रबाट लेटाङमा एक मात्र आकांक्षीका रूपमा गोपाल नेपालीलाई अघि सारिएको छ।

रंगेली नगरपालिका

रंगेली नगरपालिकामा कांग्रेसबाट मोदराज घिमिरे, सुमन कु“वर, रामनारायण मण्डल, जगन्नाथ मण्डल र मंगलचन्द्र अग्रवालको नाम चर्चामा छ। एमालेबाट मनोज अग्रवाल, इजलाल राजवंशी र मदन दाहाल तथा माओवादी केन्द्रबाट दिलीप बडगियाको नाम चर्चामा छ। यस्तै आन्दोलनरत संयुक्त मधेसी मोर्चा आबद्ध दलका तर्फबाट पनि उम्मेदवारको नाम चर्चामा छ। संघीय समाजवादी फोरमबाट पन्नलाल मण्डल र नेपाल सद्भावना पार्टीबाट शंकरप्रसाद साह चर्चामा छन्। 

सुनबर्सी नगरपालिका

सुनबर्सी नगरपालिकामा कांग्रेसबाट कालीप्रसाद दास, रमानन्द साह, महेश्वर राजवंशीको नाम चर्चामा छ। एमालेबाट हसन इमान र कपिलेश्वर राजवंशीलाई अघि सारिएको छ। माओवादी केन्द्रबाट श्याम राजवंशी र मुनालाल यादव चर्चामा छन्। यस्तै राप्रपाबाट जबिब मिया“, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट महताफ आलमको नाम चर्चामा छ।

रतुवामाई नगरपालिका

रतुवामाई नगरपालिकामा कांग्रेसबाट रबिन राई, नागेश्वरप्रसाद सिंह र खड्ग चुङ्वाङको नाम चर्चामा छ। एमालेबाट टिकेन्द्र कोयु र मेघराज कट्टेललाई अघि सारिएको छ। माओवादी केन्द्रबाट प्रकाश पौडेल एकमात्र उम्मेदवार छन्। 

सिद्धराज राई/धनकुटा, एक्सन राई/ भोजपुर, भगिश्वर लिम्बु/तेह्रथुम/अमर खड्का/सुनसरी र विनोद सुवेदी/विराटनगर को सहयोगमा

प्रकाशित: २४ चैत्र २०७३ ०५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App