८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचन सामान्य परिघटना होइन : सभामुख घर्ती

रेडक्रसको केन्द्रीय सभाको ४६ औँ महाधिवेशनको उद्घाटन गर्दै सभामुख ओनसरी घर्ती।  तस्बिर : अनिल भण्डारी

सिन्धुली – सभामुख ओनसरी घर्तीमगरले तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने बताएकी छिन् । संविधान कार्यान्वयनको महत्वपूर्ण पक्ष भनेकै निर्वाचन हो, नेपाल रेडक्रस केन्द्रीय सभाको ४६ अाैँ महाधिवेशनलाई सम्बोधन गर्दै सभामुख घर्ती भनिन्, ‘स्थानीय तहको निर्वाचनले मात्र उत्पीडित पिछडिएको वर्ग मधेसी थारु लगायतका समुदायलाई न्याय दिलाउँछ । 

'स्थानीय तहको निर्वाचनले देश शान्ति र विकासको बाटोमा जान्छ'- सभामुख घर्ती

उनले हाल असहमति रहेका संविधानका बुँदाहरूमा दलहरूले निर्वाचन पछि पनि संवादका आधारमा सहमति गर्न सकिने भन्दै जुनुसुकै हालतमा दलहरूले निर्वाचन गर्नुपर्ने औल्याइन् । निर्वाचन सामान्य परिघटना होइन, स्थानीय तहको निर्वाचनले देश शान्ति र विकासको बाटोमा जान्छ सभामुख घर्तीले भनिन् । तोकिएकै समयमा स्थानीय निकाय निर्वाचन गर्नका लागि उनले सरकार र दलहरुलाई आग्रह समेत गरिन् । 

छोटो समयमात्र राजनीतिक सम्बोधनमा केन्द्रित रहेकी सभामुख ओनसरीले सम्बोधनको अधिकांश समय रेडक्रसले गरेका काम प्रति प्रशंसा गरेकी थिइन् । जनयुद्धको समयमा ज्यान बाजी राखेर रेडक्रसका स्वयम्सेवकले काम गरेको भन्दै उनले धन्यवाद दिइन् । कार्यक्रममा स्थानीय होटल व्यवसायी  बेलबहादुर बस्यालले रेडक्रसलाई एम्बुलेन्स खरिद गर्न भन्दै १० लाखको चेक हस्तान्तरण गरेका थिए । व्यवसायी बस्यालले दश लाख दिएपछि सभामुख घर्तिमगरले उनको प्रशंसा गर्दै देशै किन्न सक्ने मान्छेहरू भएपनि मन सबैको नहुने भन्दै धन भन्दा ठूला मन हुने बताइन् । 
 

 

प्रकाशित: २७ चैत्र २०७३ ०७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App