८ वैशाख २०८१ शनिबार
राजनीति

पाल्पामा ६३ हजार मतदाता थपिए


पाल्पा – वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पाल्पामा ६३ हजार मतदाता थपिएका छन्। 

विसं २०७० को संविधान सभाको निर्वाचनमा एक लाख चार हजार दुई सय ८२ मतदाता निर्वाचनमा सहभागी रहेका थिए । अब हुने स्थानीय तहको निर्वाचनमा ६३ हजार पाँच सय ६५ मतदाता थपिएर जिल्लााभरमा एक लाख ६७ हजार आठ सय ४७ मतदाताले मतदान गर्न पाउने भएका छन् । यसमा पुरुष ८० हजार ५४, महिला ८७ हजार सात सय ९२ रहेका छन् । एकजना तेस्रोलिङ्गी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका सूचना अधिकारी थमन सारुले जानकारी दिए । 

विसं २०७० को संविधान सभाको निर्वाचनमा जिल्लाभर एक लाख चार हजार दुई सय ८२ मतदाता रहेका थिए । 

जिल्लामा विवाह गरेर आउने महिला, विदेशबाट फर्किएका पुरुष र उमेर पुगेका व्यक्तिले अघिल्लो संविधान सभामा भन्दा बढी मतदाताले नामावलीमा नाम दर्ता गराउन विशेष चासो दिएका कारण यस पटकको निर्वाचनमा मतदाताको सङ्ख्या बढेको पाइएको छ । लामो समयपछि नेपाली जनताले स्थानीय निकायमा योग्य जनप्रतिनिधि छनोट गर्ने अधिकार पाउने भएपछि अघिल्लो संविधान सभाको निर्वाचनमा भन्दा यस पटकको स्थानीय तहको निर्वाचनलाई विशेष महत्वका रुपमा लिइएको रामपुरका समाजसेवी लेखनाथ शर्मा मरासिनी बताउँछन् । 

अब हुने स्थानीय तहको निर्वाचनपछि चुनिएर आएको योग्य दक्ष प्रतिनिधिमार्फत गाउँका समस्या, जनताका गुनासा तथा समस्या सम्बन्धित निकायमा पुग्ने आशा आमनागरिकको रहेको छ । रासस 

प्रकाशित: २७ चैत्र २०७३ १०:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App