२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

विनोद र सागरलाई चेतावनी

धनगढी- म्याच रेफ्री बुद्धीबहादुर प्रधानले कञ्चनपुर आइकोनिकका कप्तान विनोद भण्डरी र सागर पूनलाई बुधबार गम्भीर चेतावनी दिएको धनगढी प्रिमियर लिग (डिपिएल) को आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ।

मंगलबार काठमान्डौं गोल्डेन्सविरुद्धको खेलमा अम्पायरको निर्णयप्रति असन्तुष्टी जनाउँदै खेल भावना विपरित व्यवहार गरेकाले उनीहरुलाई चेतावनी दिइएको जनाइएको छ। खेलका अम्पायरहरु दूर्गानाथ सुवेदी (देवेन्द्र), विनयकुमार झा र रिजर्भ अम्पायर मन्जुल भट्टराईले घटनाबारे जनाकारी गराउँदै म्याच रेफ्री प्रधानसमक्ष कारवाहीका लागि अनुरोध गरेका थिए।

दुवै खेलाडीले गल्ती स्विकार्रै यस्तो व्यवहार नदोहोर्‍याउने प्रतिवद्धतासहित माफी मागेपछि म्याच रेफ्रीले चेतावनीमात्र दिने निर्णय गरेका एकेडेमीले बुधबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: ३१ चैत्र २०७३ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App