मुसहरवस्ती हेर्न आउनेको भिड

आइतबार, ०३ बैशाख २०७४, १७ : ५८ महेशकुमार दास


महोत्तरी- धुर्मुस सुन्तली फाण्डेसनले मात्र ९५ दिनकै अवधिमा निर्माण कार्य सकेर हस्तान्तरण समेत गरि सकेको वर्दिवास १ स्थित एकीकृत नमुना मुसहरवस्ती हेर्न आउनेहरुको अचेल लर्को नै लाग्न थालेको छ।

मात्र ९५ दिनमा विजुलु ,पानि ,ढल पक्की सडक र एकै आकार प्रकारमा वनाइएको घर कस्तो देखिन्छ होला भनेर हेर्न वस्तीमा आउनेहरुको लर्को लाग्न थालेको मुसहर बस्तीका शिवकुमार सदाले बताए।

शुक्रबार हस्तान्तरण भएपछि शनिबारदेखि विधिवतरुपमा मुसहर समुदाय आ–आफना घरमा वास सरेपछि त्यहाँको रौनकता हेर्न टाढा टाढाबाट आउनेहरुको भिड ज्यादै नै बढन थालेको सदाले सुनाए।

बस्ती हेर्न पहिले पनि विभिन्न ठाउँहरुबाट आगन्तुकहरु आउँदे तर वस्ती हामीलाई हस्तान्तरण भए पछि अहिले हेर्न आउनेको संख्या ह्वातै बढेको सदाले बताए।  

धुर्मुस सुन्तलीले एकीकृत मुसहर वस्ती निर्माण गरेर हस्तान्तरण गरि सकेको समाचारहरु संचार माध्यमहरु मार्फत थाहा पाएर वस्ती हेर्न वर्दिवास १ स्थित मुसहरवस्ती आई पुगेका हेटौंडा घर भएका दम्पति अजित दवाडी र सुस्मा पराजुलीले बस्ती आफुहरुले सोचेको भन्दा पनि राम्रो बनेको बताए।

त्यस्तै धरान ८ बाट वस्ती हेर्न आई पुगेका विनौद निरौलाले पनि धुर्मुस सुन्तली फाण्डेसनद्वारा निर्मित बस्ती सुनेको भन्दा राम्रो बनेको बताए। यति कम समयमा यस्तो राम्रो संरचना निर्माण भएको हेर्दा मन गदगद भएको निरौलाले बताए।

मुसहरवस्तीमा अहिले सयौंको संख्यामा युवायुवतिहरु बस्ती हेर्न र त्यहाँ पुगेर सेल्फी खिच्नेमा व्यस्त देखिएका छन। बस्तीको बीचमा निर्माण गरिएको भ्यु टावरमा चढेर सेल्फी खिच्ने युवायुवतीहरुको संख्या बढी रहेको छ।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

अस्मिता ‘राइजिङ स्टार’

अस्मिता ‘राइजिङ स्टार’

जधानीको गोल्फुटारस्थित लोयल्टी एकेडेमीमा अध्ययनरत अस्मिता खड्का यो वर्षको ‘राइजिङ स्टार’ विजेता बनेकी छन्। ...

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई ‘अजर अमर सम्मान २०७५’ बाट सम्मान गरिने भएको छ । संगीतकार संघ नेपालले शुक्रबार काठमाडौंबाट...

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

पछिल्लो समयमा प्रेमकथाका फिल्म बन्ने र रिलिज हुने क्रम बढ्दो छ । यही मेसोमा प्रेमकथाकै कुरा बोल्ने नयाँ फिल्म ‘प्रेमवाणी’को...

बिटुडी र प्रितमलाई एक लाख

बिटुडी र प्रितमलाई एक लाख

आगामी जेठ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बेबी आइ लभ यू’को गीत ‘कान्छी मायालु’ गाउने र यसको उत्कृष्ट कभर भिडियो...