४ वैशाख २०८१ मंगलबार
कला

आस्था ‘मिस टिन ग्लोब’

काठमाडौं- राजधानीमा किशोरीहरुबीच भएको ‘मिस टिन ग्लोब २०१७' नामक सौन्दर्य प्रतियोगिताको पहिलो संस्करणको उपाधि आस्था साहले चुमेकी छिन्। २७ जना प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि चुमेकी साहले विधागत तर्फ ‘मिस ब्युटिफुल' उपाधि पनि पोल्टामा पारिन्।

जमलस्थित राष्टिय नाचघरमा भएको प्रतियोगितामा सुवर्णा सिंखडा ‘फष्ट रनर्स अप'सँगै ‘मिस ट्यालेन्ट' र ‘मस्ट फोटोेजेनिक', रेशिमा थापा ‘सेकेण्ड रनर्स अप'सँगै ‘फेशन आइकन', पुजा आचार्य ‘थर्ड रनर्स अप'सँगै ‘युथ विथ रेस्पोन्सिबिलिटी' र सजिता दाहाल ‘फोर्थ रनर्स अप'सँगै ‘मस्ट आइकोनिक आइज' भए।

प्रतियोगितामा दीपिका खड्का ‘मस्ट पपुलर', ‘ब्युटि विद् पर्पस' र ‘बेस्ट पर्सनालिटी', जेमिना घिसिङ ‘फेसबुक च्वाइस', ‘बेस्ट स्पिच' र ‘मिस क्याटवक', सीमा लामा ‘सोसियली रेस्पोन्सिबल', कृष्टिना सापकोटा ‘भ्युवर्स च्वाइस', रुसाली अधिकारी ‘बेस्ट स्माइल', सलिना मर्हजन ‘बेस्ट हेयर', वर्षा कोइराला ‘बेस्ट स्किन', समिता तामाङ ‘बेस्ट डिसिप्लीन', अस्मिता दंगाल ‘बेस्ट फिजिक', संरचना विश्वकर्मा ‘मस्ट फिटनेस', सुनिता थापा मगर ‘मस्ट फ्रेण्डली', कञ्चन मगर ‘मिस कन्जिनियालिटी', सञ्चली प्रधान ‘मस्ट चार्मिङ', प्रसस्ना श्रेष्ठ ‘मस्ट एक्टिभ' र अनिषा स्थापित तथा पासाङ ल्यामु शेर्पा ‘म्यानेजमेन्ट च्वाइस' बने।

त्यस्तै आयुष्मा महर्जन ‘मस्ट पर्फेक्ट', जेमिना घिसिङ ‘मस्ट डिजर्भिङ', शर्मिला तामाङ ‘सोशल वेलफेयर एम्बेस्डर', नुजा कार्की ‘मस्ट पोजेटिभ एटिच्युड', मिङ ह्याल्मो ‘बेस्ट सिंगर', श्रुति महर्जन ‘बेस्ट डान्स' र स्वस्ती दंगाल ‘मस्ट क्रिएटिभ' भए।

स्टार वान इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगिताका निर्णायकमा गायक आनन्द कार्की, अभिनेता आयुष रिजाल, पत्रकार श्याम अर्याल, ब्यांकर अनिता प्रधान, शिक्षाविद्  सुदन डोटेल र पुर्ण लामा तथा संगीतकार सरोज प्याकुरेल थिए। प्रतियोगितामा अश्विनी झाले कोरियोग्राफी गरेका थिए।

प्रकाशित: ५ वैशाख २०७४ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App