१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गच्छदारको पार्टीसँग थरुहट तराई पार्टी एकीकृत

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार। फाइल तस्विर

काठमाडौं— तराई केन्द्रित दलहरु एकीकरणको लहर चलिरहेका बेला विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी एकीकरण हुने भएका छन्। एक महिना नबित्दै गच्छदार नेतृत्वको पार्टी तेस्रो पार्टीसँग एकीकरण हुन लागेको हो।

तीनकुनेस्थित मण्डला बैंकटमा पार्टी एकीकरण कार्यक्रम राखिएको स्रोतले बतायो। गए राति अबेर रातिसम्म बसेको दुवै पार्टीका नेताहरुको बैठकले २७ बुँदे घोषणापत्रसहित पार्टी एकीकरणको निर्णय गरेको हो।

तीनकुनेस्थित मण्डला बैंकटमा पार्टी एकीकरण कार्यक्रम राखिएको स्रोतले बतायो। गए राति अबेर रातिसम्म बसेको दुवै पार्टीका नेताहरुको बैठकले २७ बुँदे घोषणापत्रसहित पार्टी एकीकरणको निर्णय गरेको हो।

गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम चैत अन्तिम साता शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी, यशोदा लामा नेतृत्वको दलित जनजाति पार्टीबीच एकीकृत भएको थियो। चैतको अन्तिम साता भएको सो एकीकरणसँगै पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम पार्टी चयन गरिएको थियो।

पहिलो चरणको एकीकरण सम्पन्न गरेपछि पार्टी अध्यक्ष गच्छदारले थारु समुदायमा पकड भएका पार्टीलाई एकीकरण गर्ने प्रयास गरेका थिए। सो क्रममा उनले भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी नेपाल र रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) सँग पार्टी एकीकरणको प्रयास गरका थिए।

प्रकाशित: ७ वैशाख २०७४ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App