coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रुपन्देहीमाथि धनगढीलार्इ ९२ रनकाे फराकिलाे जित

सुजन श्रेष्ठ/दिलबहादुर छत्याल

धनगढी– भाग्यले डोहाेर्याएको धनगढी टिम चौराहले बिहीबार रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराउँदै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ।

समूह चरणमा शुरुका तीन खेलमा पराजित भएपछि लगभग प्रतियोगिताबाट बाहिरिएको टिम चौराहले अप्रत्यासित रुपमा फाइनल यात्रा तय गरेको छ। कप्तान पारस खड्काको अविजित ६७ रनप्रेरित धनगढी टिम चौराहाले बिहीबार रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराउँदै प्रतियोगिताको फाइलनमा स्थान बनाएको हो।

‘भाग्यले साथ दिएको छ । यो स्तरमा पुगेपछि जित्नका लागि भाग्य पनि चाहिन्छ । तर खेलाडीले राम्रो नखेलिदिएको भए पक्कै जित्ने थिएनौं । चाहिएको बेला सबैले व्यक्तिगत रुपमा राम्रो प्रदर्शन गरेका छन्,’ टिम चरणका कप्तान पारस खड्काले भने, ‘लय समाएका छौं आशा गरौं यसले फाइनलमा पनि निरन्तरता पाउनेछ।’

लगातार पहिलो तीन खेल गुमाएपछि टिम चौराहलाई समूह चरणको खेल जित्नै पर्ने थियो। त्यसपनि राम्रो रनरेटका आधरमा। रुपन्देहीले टस जितेर ब्याटिङ गर्दै दिएको ९२ रनको लक्ष्य चौराहले १४.३ ओभरमा जिते मात्र प्लेअफ स्थान बनाउँथ्यो। तर, पारस खड्काले २१ बलमा ७ चौका र २ छक्कासहित ४२ रन बनाएपछि चौराहले ९२ रनको लक्ष्य ११ ओभरमै ४ विकेट गुमाएर पूरा गरेपछि प्लेअफमा स्थान बनाउन सफल भएको थियो।

यता प्रतियोगितामा दमदार शुरुआत गर्दै शुरुका तीन खेल जिते पनि रुपन्देही लगातार तीनै खेलमा पराजय भोगेपछि बिहीबार निराश बनेको छ । बलिङमा राम्रो मानिएको रुपन्देहीका बलरले बिहीबार कुनै पनि समय टिम चौराहाका ब्याट्सम्यानलाई दबाबमा राख्न सकेनन् । रुपन्देही विरुद्ध चौराहाले प्रतियोगितामै अहिलेसम्मको ठुलो योगफल खडा ग¥यो।

सेती अञ्चल प्रहरी कार्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको टिम चौराहाले निर्धारित २० ओभरमा २ विकेट  गुमाएर १ सय ७२ रन बनाएको थियो । जुन चौराहाले अहिलेसम्म बनाएको ठुलो योगफल हो भने समग्रमा दोस्रो ठुलो स्कोर हो । चौराहाले यसअघि समूह चरणमा काठमाडौं गोल्डेन्सविरुद्ध १ सय ३६ रन बनाएको थियो । प्रतियोगितामा अहिलेसम्म सबै भन्दा ठुलो योगफल भने काठमाडौं गोल्डेन्सको नाममा छ । काठमाडौंले विराटनगर किंग्सविरुद्ध १ सय ७३ रन बनाएको थियो ।

पारसले ४१ बलमा ६ चौका र ४ छक्कासहित ६७ रन बनाए भने सौरभ खनालसँग छैटौं विकेटका लागि १९ बलमा ४३ रनको अविजित साझेदारी गरेका थिए । म्यान अफ दी म्याच समेत रहेका पारसले त्यसघि पृथु बास्कोटासँग तेस्रो विकेटका लागि १९ तथा चौथो विकेटका लागि आरिफ शेखसँग २४ रनको साझेदारी गरेका थिए । त्यस्तै अमरसिंह राउटेलासँग पाँचौ विकेटका लागि ३८ रनको सझेदारी गरेका थिए । सौरभले ८ बलमा २ चौका २ छक्कासहित २४ अविजित रहे । अमरसिंहले १६ रन जोड्दा पृथुले ४ रन बनाए ।

त्यसअघि राजु रिजालले २५ तथा अनिल मन्डलले १३ रन बनाए । अनिल धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन् । उनले १ सय ४९ रन बनाएका छन् । पेटको शल्यक्रियापछि मैदानमा फर्किएपछि आधिकारिक प्रतियोगितामा पहिलो अर्धशतक पूरा गरेका पारस दोस्रो स्थानमा छन्। पारसले १ सय ४६ रन बनाइसकेका छन् । विराटनगरका कप्तान शरद भेषावकर तेस्रो स्थानमा छन्।

रुपन्देहीका कृष्ण कार्कीले २ विकेट लिए भने शाहब आलम र बिक्रम भुषालको नाममा १÷१ विकेट रह्यो । यससँगै शाहब आलम प्रतियोगितामा धेरै विकेट लिनेको शीर्ष स्थानमा पुगेका छन् । आलमले ७ खेलमा १६ विकेट लिइसकेका छन् । दोस्रो स्थानमा रहेका सुशिल कँडेलले ६ खेलमा १५ विकेट लिएका छन् ।
१ सय ७३ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १५.२ ओभरमा ८० रन बनाउँदा सबै विकेट गुमायो । रुपन्देहीका लागि सबैभन्दा राजेश पुलामीमगर र कृष्ण कार्कीले समान १४ रन बनाए । प्रताप थापाले १३ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

टिम चौराहाका ललित राजवंशी र सौरभ खनालले समान ३÷३ विकेट लिए । आरिफ शेलले २ विकेट लिँदा सुशन भारीको नाममा १ विकेट रह्यो।

टिम चौराहाले समूह चरणमा पनि रुपन्देहीलाई ६ विकेटले पराजित गरेर प्लेअफमा स्थान बनाएको थियो। त्यसपछि शुरु भएको रुपन्देशीको हारको शृंखलाले बिहीबार पनि निरन्तरता पायो। चौराहाले उपाधिका लागि शनिबार शरद भेषावकरको विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणमा दोस्रो हुँदै

प्लेअफमा स्थान बनाएको विराटनगरले रुपन्देहीलाई २९ रनले पराजित गर्दै फाइलनमा स्थान बनाएको हो।

 

प्रकाशित: ७ वैशाख २०७४ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App