६ वैशाख २०८१ बिहीबार
अर्थ

तनहुँ जलविद्युत् आयोजनाद्वारा २१ करोड मुआब्जा बितरण

काठमाडौं– १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको जलशायबाट डुवानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि २१ करोड १० लाख रुपैयाँ मुआब्जा भएको छ। यस अघि १५ करोड ६८ लाख मुआब्जा बितरण गरिएकोमा बिहीबार मात्रै ५ करोड ४२ लाख रुपैया“ वितरण गरिएको उक्त आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार डुवानमा पर्ने जग्गाको मुआब्जा र त्यसमा रहेका घर, गोठ, टहरा फलफूल तथा रुखविरुवाको क्षतिपूर्ति रकम बितरण गरिएको हो। आयोजनाले डुवान क्षेत्रको जग्गा अधिग्रहणका लागि गत ५ फागुनबाट मुआब्जा बितरण सुरु गरेको थियो।

सरकारले चालु आर्थिक वर्ष ०७३÷७४ मा मुआब्जा वितरणका लागि ४२ करोड रुपैया“ विनियोजन गरेको छ। त्यसमध्ये विहीबारसम्ममा २१ करोड १० लाख रुपैया“ वितरण गरिएको हो।

जलशायबाट डुवान क्षेत्रमा पर्ने करिव एक हजार दुई सय रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ। यसका लागि करिब ६० करोड रुपैया“ लाग्ने अनुमान गरिएको छ। आयोजनाको बा“ध बनेपछि बन्ने जलशायले तनहु“का भिमाद, माझकोट, ऋषिङ्ग रानीपोखरी, साभुङ्ग भगवतीपुर, कोटदरबार, जामुने र छाङ  क्षेत्रका जग्गा डुवानमा पर्ने छन्।

जग्गा प्राप्ती ऐन २०३४ मा भएको व्यवस्थाअनुसार तनहुँका प्रमुख जिल्ला अधिकारी  फणिन्द्रमणि पोखरेलको अध्यक्षमा गत  २३ माघमा २०७३ मा बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजनको डुवान क्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरेको थियो। मुआब्जाको राय सुझाव दिन गठित उपसमितिले डुवान क्षेत्रमा पर्ने जग्गाको स्थलगत अध्ययन, सरोकारवालास“ग छलफल, जग्गाको अवस्था, किसिम, अवस्थिति, उपभोग, स्थानीय चलनचल्तीको मूल्यका आधारमा दर तय गरी मुआब्जा निर्धारण समितिसमक्ष प्रतिवेदन पेश गरेको थियो।

यही आधारमा सरोकारवाला, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतसँग छलफल गरी मुआब्जा निर्धारण समितिल प्रति रोपनी दुई लाख देखि आठ लाख रुपैया“सम्मे मुआब्जा निर्धारण गरेको थियो ।

अायाेजनाका अनुसार आयोजनाको १४० मिटर अग्लो बा“ध व्यास नगरपालिकमा पर्ने छ। आयोजनाको जलशाय बाँधको माथिल्लो तटमा करिव २५ किलोमिटर फैलने छ। काहु“शिवपुरको कुनौटेमा भूमिगत विद्युत गृह रहने छ।

सेती नदीको दाया“ किनार हु“दै ७.४ मिटर व्यासको १२०३ मिटर सुरुङमार्फत बा“धभन्दा करिब ५ किलोमिटर तल्लो तटमा रहने भूमिगत विद्युत गृहमा पानी पुर्याएर विद्युत उत्पादन गरिने छ। विद्युत गृहमा ७०÷७० मेगावाटका दुईवटा फ्रान्सिस टर्वाइन रहनेछन्। विद्युत उत्पादनपछि १९० मिटर लामो निकास सुरुङमार्फत पानीलाई पुनः सेती नदीमा खसालिने छ।

ठेक्कापट्टका सम्पूर्ण काम ०७४ को असोजभित्रमा सक्ने र त्यसपछि निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ। आयोजनाको निर्माण ०७९ पुसको दोस्रो साता (२०२२ को डिसेम्बर अन्तिम)मा सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ।
अहिले निर्माण पूर्वका काम भइरहेका छन्। आयोजनाबाट उत्पादित बिजुली २२० किलोभोल्ट (केभी)को डबल सर्किट प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरिनेछ। यसका लागि विद्युत गृहदेखि चितवनको भरतपुरस्थित सव स्टेसनसम्म ३७ किलोमिटर प्रसारण लाइनको निर्माण गरिने छ।
आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ अर्ब ७७ करोड र त्यसपछि ४८ अर्ब ९९ करोड युनिट उत्पादन हुने छ। बढी विजुली माग हुने हिउ“दमा आयोजना ६ घण्टा पूर्ण क्षमतामा अर्थात १४० मेगावाटमा सञ्चालन हुने छ।

आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ । यो लागत निर्माण अवधिको ब्याज, प्रसारण लाइन निर्माण र ग्रामीण विद्युतीकरण सहितको हो ।

आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको ८ करोड ६० लाख, एसियाली विकास बैंकको १५ करोड,   जापान अन्तराष्ट्रिय सहयोग नियोगको १८  करोड ४० लाख   र  युरोपेली लगानी बैकको लगानी ८ करोड ५० लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी रहने छ । लगानीकर्तास“ग ऋण सम्झौता भइसकेको छ ।  
 

 

 

 

प्रकाशित: ७ वैशाख २०७४ १३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App