६ वैशाख २०८१ बिहीबार
कला

हमाल बने उर्जामन्त्री

काठमाडौं- लोडसेडिङमुक्त देश बनाउने अभियानको कथावस्तुमा केन्द्रित रही फिल्म ‘उज्यालो नेपाल' निर्माण गरिएको छ। लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धिलाई समेटेर फिल्म निर्माण भएको हो।

फिल्ममा उर्जामन्त्री भएपछि जर्नादन शर्माले लिएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई देखाइएको छ। फिल्ममा अभिनेता राजेश हमाल मन्त्री र कलाकार विजय लामा कुलमानको भूमिकामा देखिएका छन्।

यी दुईको इच्छाशक्तिका कारण उर्जा क्षेत्रमा आएको नाटकीय परिर्वतन र सकारात्मक प्रभावलाई फिल्ममा प्रस्तुत गरिएको छ।

शुभ मिडिया होमले निर्माण गरेको फिल्ममा अभिमन्यु निरवीको कथा र सरोज ओलीको निर्देशन छ। फिल्ममा गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रवि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ।

 

प्रकाशित: ८ वैशाख २०७४ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App