७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकार र मोर्चाको बैठक बालुवाटारमा सुरु

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत नेताहरु। तस्बिर : केशव थोकर

काठमाडौं- मधेसी मोर्चामा आबद्ध छ दलले पार्टी एकीकरण गरेको भोलिपल्टै सरकारले डाकेको वार्तामा सहभागी हुन बालुवाटार पुगेका छन्।

सत्ता साझेदार दल माओवादी केन्द्र र नेपाली कांग्रेसका शीर्ष नेता सम्मिलित बैठकमा एकीकृत नयाँ पार्टी राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीका नेताहरु सहभागी छन्। 

बैठक स्थानीय तहको निर्वाचन केन्द्रीत हुने बताइएको छ। निर्वाचनमा मोर्चालाई सहभागी गराउने र निर्वाचन एकैपटक गर्ने वा दुई चरणमा गर्नेबारे छलफल हुने सहभागी नेताहरुले बताएका छन्।

प्रकाशित: ८ वैशाख २०७४ ०४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App