१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

परिमार्जनसहितको संविधान संशोधनमा मोर्चाको जोड, साँझसम्म फेरि बस्ने

काठमाडौं- मधेसी मोर्चाले परिमार्जनसहितको संविधान संशोधन गरिए स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाएका छन्। शुक्रबार सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसँग बालुवाटारमा भएको छलफलमा मोर्चा नेताहरुले संविधान संशोधन अडान दोहोर्‍याएका थिए। मोर्चा नेताहरुले संविधान संशोधनको आधार पनि सरकारसँग प्रष्टयाउन माग गरे।

‘सीमांकन आयोग बनाउने कुरा ठीकै हो तर यसको विश्वनियता के हो? हामीले सरकारसँग जवाफ मागेका छौं,’ लक्ष्मणलाल कर्णले भने।

‘परिमार्जनसहितको संविधान संशोधन गर्न सरकार तयार भए हामी निर्वाचनमा आउँछौं,’ राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले भने, ‘सरकारसँग संशोधन विधेयक पास हुने आधार पनि माग गरेका छौं।’ मोर्चाले सीमांकन आयोगको विश्वनियतामथि पनि सरकासँग प्रश्न गरेका थिए। ‘सीमांकन आयोग बनाउने कुरा ठीकै हो तर यसको विश्वनियता के हो? हामीले सरकारसँग जवाफ मागेका छौं,’ कर्णले भने।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक कसरी पास गराउनेबारे सत्ता साझेदार दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गरेर जवाफ दिने बताएका थिए। त्यसका लागि आजै दिउँसो ३ बजे सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। प्रमुख दलहरुबीचको छलफलपछि आजै बेलुका ५ बजे सरकार र मोर्चाबीच पुन बैठक हुने उनले बताए।

यता मधेसी मोर्चाले पनि आफ्नो धारणा बनाउन बिजुली बजारमा बैठक बसिरहेको छ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठी लगायत सहभागी थिए।

प्रकाशित: ८ वैशाख २०७४ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App