पत्रकार महासङ्घ मुस्ताङमा थकाली

शुक्रबार, ०८ बैशाख २०७४, १२ : ४४ नागरिक


मुस्ताङ – नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली सर्वसम्मत अध्यक्षमा चयन भएका छन्। शुक्रबार सम्पन्न प्रथम अधिवेशनले थकालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्म्तले चयन गरेको हो । 

कार्यसमितिको महिला उपाध्यक्षमा सम्झना थकाली, उपाध्यक्षमा तृष्णा गौचन, सचिवमा दुर्गादेवी रसाइली, कोषाध्यक्षमा निरज थकाली, सहसचिवमा विकास विक र समावेशी सहसचिवमा फुलकुमारी नेपाली रहेका छन् । 

सदस्यहरुमा रमेश बि.क, केशब बि.क, हिक्मत नेपाली र कृष्णमोहन नेपाली चयन भएका छन् । अधिवेशनले प्रदेश सभासदमा चन्द्रेश्वर बस्ताकोटी, टिकाराम शर्मा, सिवानी सिंह बि।क, शर्मिला गुरुङ, पेमा छेतेन बि।क र रिङजीङ नाम्गेल गुरुङ चयन गरेको छ भने केन्द्रीय पार्षद्मा भीम बहादुर रसाईली, तिलक बि.क.,आईतलाल थकाली र सुनदेवी रसाईलीलाई रहेका छन् । 

अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रीय सदस्य हरिनारायण गौतमले संगठन बलियो भएमात्र पत्रकारिता बलियो हुने भन्दै जुझारु, कर्मठ र क्षमतावान पत्रकारलाई अघि बढ्न संगठनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । रासस 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

मैनालीले ल्याए ‘नसुतेको रात’

मैनालीले ल्याए ‘नसुतेको रात’

गजलकार डा. प्रदीप मैलानीले ‘नसुतेको रात’ गजलसङ्ग्रह बजारमा ल्याएका छन्। काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. गंगाप्रसाद...

अस्मिता ‘राइजिङ स्टार’

अस्मिता ‘राइजिङ स्टार’

जधानीको गोल्फुटारस्थित लोयल्टी एकेडेमीमा अध्ययनरत अस्मिता खड्का यो वर्षको ‘राइजिङ स्टार’ विजेता बनेकी छन्। ...

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई ‘अजर अमर सम्मान २०७५’ बाट सम्मान गरिने भएको छ । संगीतकार संघ नेपालले शुक्रबार काठमाडौंबाट...

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

पछिल्लो समयमा प्रेमकथाका फिल्म बन्ने र रिलिज हुने क्रम बढ्दो छ । यही मेसोमा प्रेमकथाकै कुरा बोल्ने नयाँ फिल्म ‘प्रेमवाणी’को...