७ वैशाख २०८१ शुक्रबार
प्रविधि

फोन काटिए ग्राहकलाई क्षतिपूर्ति

काठमाडौं- दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको गुणस्तर कमजोर भएर बोल्दाबोल्दै फोन काटिए ग्राहकले क्षतिपूर्ति पाउने भएका छन्। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले फोन काटिएमा ग्राहकको एकाउन्टमा स्वतः क्षतिपूर्ति भराउनुपर्ने नयाँ नियम ल्याएपछि गुणस्तरमा सुधार हुने विश्वास गरिएको छ।

प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली, २०७३ जारी गर्दै दूरसञ्चार सेवाको गुणस्तरका सर्तहरु कसिलो बनाएको छ। ‘समयानुकूल गुणस्तर सुधारका विषयहरूलाई यस नियमावलीमा समेटिएको छ,' प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘यो विनियमावलीले दूरसञ्चार सेवालाई थप गुणस्तरीय बनाउने छ।' प्राधिकरणको बोर्डबाट चैत २ गते निर्णय गरेर विनियमावली स्वीकृत भएको छ। दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई तीन महिनाको समय दिएर विनियमावली लागू गर्न लागिएको छ।

साउन १ गतेदेखि लागू हुने यस विनयिमावलीमा ग्राहकलाई क्षतिपूर्ति, मोबाइल नेटवर्कको गुणस्तर, गुणस्तरको रिपोर्ट सार्वजनिकीकरण, डाटा प्याक, नेटवर्क कभरेजको गुणस्तरसँग सम्बन्धित प्रावधानहरु राखिएका छन्।

यस विनियमावलीको दफा ११ मा सेवाको गुणस्तर कायम नगरेको कारणले मोबाइलमा कुरा गर्दागर्दै आफैं फोन काटिएमा उक्त कुरा गरेको समयावधि बराबरको शुल्क वा फोन कल दर बराबरको रकम सेवा प्रदायक कम्पनीले क्षतिपूर्तिको रुपमा ग्राहकलाई उपलब्ध गराउनुपर्ने उल्लेख छ। यो क्षतिपूर्ति स्वचालित रुपमा ग्राहकले सेवा प्रदायकको सेवा लिएको खातामा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ। यसरी क्षतिपूर्ति बराबरको रकम प्रदान गरेको बारे सम्बन्धित ग्राहकलाई जानकारी समेत गराउनुपर्ने विनियमावलीमा उल्लेख छ।

त्यसैगरी, विनियमावलीले सेवा प्रदायक कम्पनीहरूलेे ‘ड्राइभ टेस्ट' गरी गुणस्तरको मापन गनर्ुुपर्ने छ। गुणस्तर मापनको प्रतिवेदन प्रत्येक तीन महिनामा सो अवधि समाप्त भएको १० दिनभित्र प्राधिकरणमा पेस गर्नुपर्ने छ।

नयाँ विनियमावली अनुसार प्राधिकरणले आवश्यकता अनुसार कुनै निश्चित स्थान, अवधि वा समय तोकी सेवाको गुणस्तर सम्बन्धमा कुनै विशेष प्रकारको परीक्षण तथा मापन गरी प्रतिवेदन पेस गर्न सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिन सक्ने छ।

विनियमावली अनुसार कुनै पनि मोबाइल सेवामा मोबाइल नेटवर्क ९९ प्रतिशतभन्दा धेरै हुनुपर्ने छ। उक्त नेटवर्क छ कि छैन भन्ने ड्राइभ टेस्टको माध्यमबाट नियमित रुपमा जाँच गरिने विनियमावलीमा उल्लेख छ।

त्यसैगरी, मोबाइल सेवाको कभरेज हुँदाहुँदै पनि ग्राहकले फोन गर्दा फोन लाग्न नसक्ने अवस्था दुई प्रतिशत वा सोभन्दा कम हुनुपर्छ।

ल्यान्डलाइन फोनमा फोन कल स्थापित हुने समय पाँच सेकेन्ड वा सोभन्दा कम हुनुपर्ने छ। यो फोन गर्ने व्यक्तिले फोन डायल गरेको समय र रिसिभ गर्ने व्यक्तिकहाँ रिङ बजेको वा फोन गर्नेकहाँ व्यस्त रहेको सूचना वा जानकारी प्राप्त भएको समय बीचको अवधि हो।

‘आफैं फोनकल वा सम्पर्क विच्छेद हुने दर' दुई प्रतिशत वा सोभन्दा कम हुनुपर्ने छ। यसको अर्थ एकपटक फोन कल वा सम्पर्क स्थापना भइसकेपछि फोन गर्ने व्यक्ति वा फोन प्राप्त गर्ने व्यक्तिले सम्पर्क विच्छेद नगरेकोमा पनि आफैं फोनकल वा सम्पर्क विच्छेद हुनेे अवस्था हो।

दुई व्यक्तिबीच कुराकानी हँुदा आवाजको गुणस्तर तीन वा सोभन्दा बढी हुनुपनर्ेे नियम विनियमावलीमा राखिएको छ। यसको अर्थ मोबाइल वा फोनमा कुरा गर्दा सुन्ने व्यक्तिले अनुभव गर्ने अर्कोतर्फ बोलेको व्यक्तिको आवाजको स्तर हो।

विनियमावलीमा इन्टरनेट वा डाटा सेवाको लागि सेवा क्रियाशील गराउने तथा सेवा प्रदान गर्ने समय ९५ प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने छ। उक्त समय भनेको ग्राहकले खरिद गरेको नयाँ वा मौजुदा डाटा सेवा सुचारु हुन लाग्ने अवधि हो।

डाटाको वाहन ग्राहकले खरिद गरेको गतिको ७५ प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने छ। यसको मापन एक महिनाको अवधिमा ग्राहकले खरिद गरेको डाटा सेवाकोे गतिको तुलनामा ग्राहकले व्यवहारिक रुपमा ग्रहण गरेको डाटा सेवाको गतिको अनुपातको प्रतिशतमा मापन गरिने छ। सेवा प्रदायकले ग्राहकलाई उपलब्ध गराउने प्रत्येक योजनाको लागि यसको मापन गर्नुपर्ने विनियमावलीमा उल्लेख छ। त्यसैगरी, डाटालाई लक्षित स्थानसम्म पुग्न लाग्ने  समय दुई सय ५० मिलिसेकेन्ड वा सोभन्दा कम हुनुपर्ने छ।

प्रकाशित: ८ वैशाख २०७४ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App