८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सिरियाली सरकारले रसायनिक हतियार प्रयोग गरेको पुष्टि

एजेन्सी – सिरियामा दुई हप्ता अगाडि भएको आक्रमणमा सरकारले नै  रसायनिक हतियारको प्रयोग गरेको अर्गनाइजेसन फर प्रोहिविशन अफ केमिकल वेपेन्सले गरेको अध्ययनले पुष्टि गरेको छ । 

आक्रमणमा परी ज्यान गुमाएका १० जनाबाट लिएको नमुना परीक्षणको नतिजाले उक्त तथ्यलाई प्रमाणित गरेको छ । परीक्षणले रसायनिक हतियारको रुपमा सरिन ग्यासको प्रयोग भएको तथ्य सार्वजनिक गरेकोे छ । 

सिरियाली राष्ट्रपति बशर अल अशद्को शासनको विरुद्धमा रहेका सर्वसाधारणहरू माथि लक्षित गरी गरिएको सो आक्रमणमा परी ८५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २० जना बालबालिकाहरू रहेका थिए । आक्रमणमा सिरियाली सैनिकको संलग्नता रहेको भन्ने आरोपलाई सरकारले अस्वीकार गर्दै ग्यास लिक भइ उक्त दुर्घटना भएको बताउँदै आएको थियो । 

यस घटना पछि सिरियाली सरकारले अन्तर्राष्ट्रिय रुपमा विभिन्न प्रकारका आलोचना खेप्नु परेको थियो । अमेरिकाले सिरियाली सरकारले निर्दोष सर्वधारणहरूमाथि ज्यादती गरेको भन्दै घटनाको विरोधमा सिरियाली हवाई अड्डालाई लक्षित गरी आक्रमण गरेको थियो ।  उक्त आक्रमणमा परी ४ सैनिकको मृत्यु हुनुको साथै  ६  चालु अवस्थामा रहेका चालु  विमान नष्ट भएको थियो ।

अमेरिकाले सिरियामाथि  गरेको उक्त आक्रमण प्रति असन्तुष्टि जनाउँदै रुसले अमेरिकी सरकारको यस कदमले मुलुकको सार्वभौम सत्तामा बाधा पुर्याएको तर्क राखेको थियो । 

प्रकाशित: ८ वैशाख २०७४ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App