८ वैशाख २०८१ शनिबार
राजनीति

जिल्ला नेताहरुलाई भ्याई–नभ्याई

पाँचथर- शुक्रवार जिल्ला प्रशासन कार्यालय पाँचथरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको छलफल कार्यक्रममा नेकपा (एमाले)का जिल्ला अध्यक्ष राजकुमार भण्डारीले सुरुवाती सयममानै आफ्नो धारण राखे। प्रायः अरुका कुरा सुनेपछिमात्र बोल्ने मुख्य दलका नेताहरुको चलन भएपनि हतारले सुरुमै पालो लिए। भण्डारी बोलेर आफ्नो अर्को बैठक छ भन्दै बिदा मागेर निस्किए।

भण्डारीले धारणा राखे लगत्तै नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रकुमार केरुङले समय लिए। आफ्ना कुरा राखेका केरुङ गाँउको कार्यक्रममा जानु पर्ने भन्दै विदा मागेर वाहिरीए। शीर्ष नेताहरुले आफ्नो कुरा नसुनेको भन्दैँ तत्कालै नेकपा (माले) का पोलिटब्युरो सदस्य दिननाथ घिमिरेले  टिप्पणीनै गरे।

जिल्ला नेताहरुमा यस्तो व्यस्तता निर्वाचनले गर्दा भएको हो। बैशाख–३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाका नेताहरुको व्यस्तता बढेको छ। विहानै देखि राती अवेरसम्म भेटघाट, बैठक तथा कार्यक्रममा व्यस्थ देखिन्छन् । नेताहरु गाँउ–गाँउमा व्यस्थ भएपछि उनीहरुका सदरमुकामका कार्यलयमा कम चहलपहल हुन थालेको छ।

जिल्लाका शीर्ष देखि तल्लो तहका नेताहरुलाई भ्याई–नभ्याई छ। फुर्सदिला नेताहरुलाई पनि चुनावले व्यस्त बनाएको छ। जिल्लाका ६० वटै वडामा नेताहरु उपस्थीती हुन थालेका छन्। उम्मेदवार छनौट, प्रवेश तथा कार्यकर्ता प्रशिक्षणमा व्यस्त देखिएका छन्। जिल्ला नेताहरु उम्मेद्वारी चयनका लागि आन्तरीक सेटिङमा लागिपरेका छन्। सदरमुकाममा हुने कार्यक्रममा नेताहरुको उपस्थिती कम छ। मुख्य दलका नेताहरुले चुनावमा आफ्नो ध्यान केन्द्रीत गरेका छन्। गाँउमा संगठन नभएका साना दलहरुका नेताहरुमात्र बाक्लोगरी भेटिन्छन्। भेटघाटका लागि पनि समय लिनु पर्ने अवस्था छ। दुई दशक पछि हुन लागेको स्थानीय निर्वाचनमा दलहरु होमिइसकेको नेकपा (माओवादी) केन्द्रका जिल्ला सह–इनचार्ज विशाल रसाईली बताउँछन्। गाँउ गाँउमा जिम्मेवारी अनुसार नेताहरु परिचानलन भएको उनले बताए।

टोल टोलसम्म नेताहरु उपस्थीति देखिन्छ। केहि वडा वाहेक उम्मेद्वार को हुने भन्ने टुङ्गो नलागि रहेका बेला पनि नेताहरुले भोट माग्ने क्रमलाई तिव्रता दिएका छन्।

प्रकाशित: ८ वैशाख २०७४ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App