७ वैशाख २०८१ शुक्रबार
प्रविधि

डुअल फ्रण्ट क्यामेरासहितको एफथ्री सार्वजनिक गर्दै ओप्पो

काठमाडौं– ओप्पो मोबाइलले डुअल सेल्फी क्यामेरा स्मार्टफोन एफथ्री सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ फोनमा उपलब्ध डुअल फ्रण्ट क्यामेराको माध्यमबाट प्रयोगकर्ताले आकर्षक तथा उत्कृष्ट सेल्फीका साथै गु्रप (सामुहिक) सेल्फी समेत निकै सहज तरिकाले खिच्न सक्ने कम्पनीले जनाएको छ।  

नेपाललगायत भारत, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स र म्यानमारमा अप्रिल १ बाट एफथ्री प्लसको पहिलो बिक्री शुरुवात गरेको थियो।

पहिलो बिक्रीबाट नै ओप्पोले गु्रप सेल्फी ट्रेण्डको शुरुवात गरेको थियो। सार्वजनिक गर्ने तयारीमा रहेको एफथ्रीमा पनि एफथ्री प्लसमा झैँ डुअल फ्रण्ट क्यामेरा रहेको कम्पनीले जनाएको छ। डुअल सेल्फी क्यामेरा मध्ये एक व्यक्तिगत सेल्फीका लागि र अर्कोमा ग्रुप सेल्फीका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको वाइड एङ्गल क्यामेरा उपलब्ध गरिएको कम्पनीले जनाएको छ।

साधारण सेल्फी क्यामेराका तुलनामा एफथ्रीमा यसमा दोब्बर फराकिलो फिल्ड अफ भ्यू उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ। एफथ्रीमा प्रयोगकर्तालाई फोन चलाउँदा गुणस्तरीय तथा उत्कृष्ट अनुभवका माध्यमबाट सन्तुष्टि प्रदान गर्ने सोचका साथ उच्च प्रदर्शनी (हाइ पर्फरमेन्स) हार्डवेयर र अनुकूलित (अप्टिमाइज्ड) सफ्टवेयर पनि उपलब्ध हुने जनाइएको छ।

केही समय अगाडि सामूहिक रुपमा सेल्फी लिनुपर्दा प्रयोगकर्ताले सबैजना फ्रेममा अटाउनका लागि निकै झञ्झट ब्योहोर्नु पर्ने बाध्यता थियो । अनुहार काटिएर आउने, सेल्फी सटमा ब्याकग्राउण्ड (पृष्ठभूमि) नअटाउनुलगायत समस्या ओप्पोको पछिल्लो एफथ्रीले समाधान गर्न कम्पनीले जनाएको छ।

नयाँ फोनको माध्यमबाट ओप्पोले भ्रमणमा निस्कँदा सेल्फी खिच्नका लागि सेल्फी स्टिक बोक्नै पर्ने झञ्झटबाट छुटकारा दिने जनाएको छ। ‘सेल्फी एक्स्पर्ट’ एफ सिरिजअन्तर्गतको नयाँ एफथ्रीको उत्कृष्ट गु्रप सेल्फी, विकृति न्यूनिकरण (डिस्टोर्सन मिनिमाइजिङ) फिचर्स र ब्युटीफाई फङ्शनले सेल्फी क्रान्तिको अग्रणी तथा फोन क्यामेरा उद्योगको प्रतिनिधित्व गर्दै प्रयोगकर्तालाई फराकिलो ‘फिल्ड अफ भ्यू’को साथमा ग्रुप सेल्फी लिन सघाउने जनाएको छ।

‘सेल्फी तथा गु्रप सेल्फीले विशेष गरी यूवा पुस्ताको सामाजिकिकरण तथा उनीहरुको अन्तरक्रिया गर्ने तरिकाको प्रतिनिधित्व गर्छ’, ओप्पोका उपाध्यक्ष तथा ईन्टरनेशनल मोबाइल बिजनेशका प्रबन्ध निर्देशक, स्काइ लीले भने, ‘नयाँ सेल्फी एक्स्पर्ट एफथ्रीले सेल्फी तथा गु्रप सेल्फीलाई थप प्राकृतिक, सुन्दर र मुख्यतः तस्बिर खिच्न थप सहजता प्रदान गर्नेछ ।’

एफथ्रीको साथमा नेपालमा पनि गु्रप सेल्फीको नयाँ ट्रेण्डको शुरुवात हुने आशा गरिएको छ । उत्कृष्ट सेल्फी तथा गु्रप सेल्फी अनुभव प्रदान गर्दै यसले प्रयोगकर्तालाई गु्रप सेल्फीको माध्यमबाट एक अर्काको थप नजिक ल्याउन सघाउने कम्पनीले विश्वास लिएको छ।

स्थापनाकाल देखि नै ओप्पो सेल्फी कयामेरा प्रविधिका लागि सर्वोत्कृष्ट बन्ने कार्यमा अग्रसर रहेको छ । सन् २०१३मा एनवान मोडलसंगै ओप्पोले अग्रगामी कदम चाल्दै विश्वकै पहिलो रोटेटिङ (घुमाउन मिल्ने) क्यामेरा सार्वजनिक गरेको थियो । सन् २०१६मा कम्पनीले सार्वजनिक गरेको एफवान प्लस १६ मेगापिक्सेल क्षमता भएको फ्रण्ट क्यामेरा उपलब्ध पहिलो उपकरण हो । क्रान्तिकारी डुअल सेल्फी फ्रण्ट क्यामेरासहितको एफ सिरिजले क्यामेरा हार्डवेयर तथा सेल्फी फोटोग्राफीलाई नयाँ उचाई दिने कम्पनीको दाबी छ ।

प्रकाशित: ८ वैशाख २०७४ ११:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App