coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

उफ! कस्तो जाम (भिडियो)

काठमाडौं– काठमाडौं उपत्यकामा निर्धारित समयमा कोही कहीँ पुग्न सक्दैन। सार्वजनिक सवारीसाधन प्रयोग गर्नेदेखि आफ्नै सवारी साधन हुनेहरुका लागि पनि सबैभन्दा ठूलो समस्या हो— जाम। काठमाडौं उपत्यकामा दैनिक झन्डै १० लाख सवारी साधन गुड्छन्। यी सवारी साधनको ट्राफिक व्यवस्थापन झन्डै १ हजार कर्मचारीले गर्दै आएका छन्।

जाम घटाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा सञ्चालन भइरहेको स्कुल र कलेज बसहरुलाई अफिस अवरभन्दा चाँडो विद्यार्थी ओसार्ने काम गर्न आग्रह गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाअन्तर्गत काठमाडौं उपत्यकामा १२ सय ट्राफिक प्रहरी कार्यरत छन्। यी मध्ये ७ सय ट्राफिक सडकमा जाम खुलाउन काम गरिरहेका छन्।

बागमती अञ्चल यातायात कार्यालयका अनुसार काठमाडौंमा साढे ९ लाखभन्दा बढी सवारी साधन दर्ता भएर सडकमा नियमित गुड्ने गुडिरहेका छन्। यी सवारीका लागि सडकको लम्बाई भने ४७२ किलोमिटर मात्रै छ। सबै सवारी साधन एकै पटक सडकमा निस्कने हो ती गुडन ठाउँ पुग्दैन। अझ मेलम्ची खानेपानी आयोजनाको बाटो खन्ने काम, रिङरोड विस्तार आयोजनाले काठमाडौंको ट्राफिक जाम बढाएका छन्।

सडक पुनःनिर्माण भइरहेका ठाउँमा धुलोको समस्या त्यतिकै छ। पानी नपर्दा धुलो पानी परेपछि हिजो हुने सडकको जाम व्यवस्थापन ट्राफिकका लागि अझ ठूलो चुनौती हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी लोकेन्द्र मल्ल ट्राफिक व्यवस्थापन चुस्त पार्न अहिले भइरहेको जनशक्ति अपुग भएको बताउँछन्।

‘९ लाखभन्दा बढी सवारी साधनलाई केवल १२ सय ट्राफिक प्रहरीले व्यवस्थापन गरिरहेका छन्’, उनी भन्छन्, ‘जाम हुन नदिन ट्राफिक व्यवस्थापन महत्वपूर्ण छ। त्यसका लागि जनशक्ति थप गर्नुपर्छ।’

एसपी लोकेन्द्र मल्ल उपत्यकामा हुने जाम व्यवस्थापनको लागि सडक राम्रो अवस्था र विभिन्न स्थानमा फ्लाइओभर अर्को विकल्प भएको उल्लेख गर्छन्। ‘जाम व्यवस्थापन गर्न सडकको अवस्था राम्रो हुनु जरुरी छ। अव्यवस्थित फुटपाथ,खाल्डाखुल्डी सडक र विभिन्न स्थानमा बस स्टप तोक्न नसक्दा जाम बढेको हो।’

जाम घटाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा सञ्चालन भइरहेको स्कुल र कलेज बसहरुलाई अफिस अवरभन्दा चाँडो विद्यार्थी ओसार्ने काम गर्न आग्रह गरेको छ। ‘स्कुल र कलेजहरुले नयाँ सेसनदेखि बिहान नौ बजेअघि र साँझ पाँच बजेभित्र विद्यार्थीहरु स्कुल ल्याउने र पु¥याउने काम गर्न भनेका छौं’, उनले भने, ‘ट्राफिक व्यवस्थापन गर्न धेरै कोणबाट सोच्नुपर्ने अवस्था भइसकेको छ।’

भिडियोः प्रबीन कोइराला

प्रकाशित: ८ वैशाख २०७४ ११:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App