इनरुवामा २ अर्ब लगानीमा औद्योगिक ग्राम बन्ने

बुधबार, २७ बैशाख २०७४, १२ : ५३ विनोद सुवेदी


विराटनगर – जिल्लाको सदरमुकाम भएर पनि पिछडिएको सुनसरी सदरमुकाम इनरुवामा चौधरी ग्रुपले औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । दुई अर्ब रुपैया“ लगानीमा  औद्योगिक ग्राम स्थापना गर्न लागिएको उद्योगी विनोद चौधरीले बताए।

 औद्योगिक ग्रामका लागि करिब २५ विघा जग्गा किनिसकेको चौधरीले जानकारी दिए । औद्योगिक ग्राम तीन महिना भित्रै निर्माण सुरु हुने र एक वर्ष भित्रमा सञ्चालनमा आउने चौधरीले बताए । चौधरीका अनुसार औद्योगिक ग्राममा पहिलो चरणमा चौधरी ग्रुपले दुई अर्ब लगानीमा वाइवाइ चाउचाउको उद्योग स्थापना गर्ने योजना बनाएको छ । चाउचाउस“गै चौधरी ग्रुपका  सबै उत्पादनका प्लान्टहरू क्रमशः थप्दै  जाने योजना रहेको उद्योगी चौधरीले बताए । 

नवलपरासीबाट चौधरी ग्रुपले थालेको औद्योगिक ग्राम अभियान पूर्व देखि पश्चिम सम्मका विभिन्न स्थानमा बिस्तार गर्ने योजना रहेको चौधरीले जानकारी दिए । उनले भने‘नवलपरासीबाट सुरु गरेको औद्योगिक ग्राम देशका बिभिन्न स्थानमा विस्तार गर्दै लैजाने योजना बनाएका छौं ।’ औद्योगिक ग्राम स्थापनाले स्थानीय स्रोत साधनको परिचालन हुने र रोजगारीसमेत बढ्ने छ । यतिमात्रै हैन स्थानीय क्षेत्रको विकासमा पनि औद्योगिक ग्रामको स्थापनाले मद्दत पुर्याउने छ । नेपालकै सबै भन्दा ठूलो औद्योगिक घराना चौधरी ग्रुपले ठूलो लगानी गर्ने योजना बनाएको चौधरीले बताए । उनका अनुसार चौधरीग्रुपले जलविद्युत उत्पादनको क्षेत्रमा ५० अर्ब भन्दा बढी लगानी गर्ने घोषणा गरिसकेको छ । चौधरीले भने‘हामीले मात्रै जलविद्युत क्षेत्रमा ५० अर्ब भन्दा बढी लगानी गर्ने घोषणा गरेका छौं ।’ उनले नेपालमा जलविद्युत उत्पादनको क्षेत्रमा लगानी ह्वात्तै बढेको पनि बताए । उनले भने‘जलविद्युत क्षेत्रमा वेपत्ता रुपमा लगानी भइरहेको छ ।’ विकास कम भएको स्थाननै आफ्नो प्राथमिकतामा रहेको पनि चौधरीले बताए । 

कम विकास  भएको ठाउ“मै धेरै अवसर हुने भएकाले आफ्नो रोजाइ कम विकास भएका स्थानहरू नै हुने गरेको चौधरीको भनाई छ । उनले भने ‘जहा“ कम विकास हुन्छ त्यहा“ धेरै अवसर हुन्छ ।’ अवसरको दृष्टिकोणले नेपाल पनि लगनी गर्नलाई योग्य देश रहेको चौधरीले बताए । नेपालमा वैदेशिक लगानी भित्राउने प्रयासहरू भइरहे पनि तत्कालै ठूलो मात्रामा लगनाी आउने संभावना न्यून रहेको चौधरीको विशलेषण छ ।  

चुनाव हुने संकेतले राजनीतिक स्थिरता तर्फ देश अघि बढे पनि राजनीतिक स्थिरता हुन्छ भन्ने अझै सुनिश्चित भइसकेको छैन । लगानी सम्मेलनहरूमा खर्बौं रुपैया“ लगानी ल्याउने प्रतिबद्धता आए पनि राजनीतिक अस्थिरताको अवस्था अन्त्य नभए सम्म ठूलो मात्रामा लगनाी आउने संभाबना कमै हुने चौधरीको भनाई छ । उनले भने ‘स्थिर राजनीति नभए सम्म ठूलो मात्रामा बैदेशिक लगानी भित्रने संभावना न्यून छ ।’  उनले कामचालाउ वा संसोधनका नाममा बजेट रोक्ने काम गर्न नहुने पनि  बताए । उनले भने ‘कुनै पनि बहानामा बजेटलाई निर्धारित समय भन्दा पछि लैजानु हुँदैन ।’ 

कोसी हरैचा उद्योग वाणीज्य संघ, इन्द्रपुर जेसिज र लाइन्सक्लवले संयुक्तरुपमा मोरङको कोशी हरैंचामा आयोजना गरेको विजनेश सेमिनारलाई पनि चौधरीले सम्बोधन गरेका थिए ।मंगलबारदेखि सुरु भएको दुई दिने सेमिनारलाई सम्बोधन गर्दै चौधरीले नया“ पिढीले आफ्नो पेशालाई सम्मान गर्दै विस्तार गर्ने हो भने देश बन्न समय नलाग्ने पनि बताए । 

पूर्वाञ्चलका युवा उद्योगी व्यवसायी तथा उद्योग व्यवसाय सुरु गर्न चाहने साँढे ४ सय युवाहरूको सेमिनारमा सहभागिता रहेको छ । सेमिनारमा पूर्व राजस्व सचिव रामेश्वर खनाल, व्यवसायी कर्ण शाक्य लगायतले सहजीकरण गरिरहेका छन्  । 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

अस्मिता ‘राइजिङ स्टार’

अस्मिता ‘राइजिङ स्टार’

जधानीको गोल्फुटारस्थित लोयल्टी एकेडेमीमा अध्ययनरत अस्मिता खड्का यो वर्षको ‘राइजिङ स्टार’ विजेता बनेकी छन्। ...

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई ‘अजर अमर सम्मान २०७५’ बाट सम्मान गरिने भएको छ । संगीतकार संघ नेपालले शुक्रबार काठमाडौंबाट...

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

पछिल्लो समयमा प्रेमकथाका फिल्म बन्ने र रिलिज हुने क्रम बढ्दो छ । यही मेसोमा प्रेमकथाकै कुरा बोल्ने नयाँ फिल्म ‘प्रेमवाणी’को...

बिटुडी र प्रितमलाई एक लाख

बिटुडी र प्रितमलाई एक लाख

आगामी जेठ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बेबी आइ लभ यू’को गीत ‘कान्छी मायालु’ गाउने र यसको उत्कृष्ट कभर भिडियो...