coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजधानीका ठूला पार्टीलाई टक्कर दिँदै गाई पार्टी

काठमाडौँ – गाई पार्टी अर्थात राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राजधानीका नगरपालिकाहरुमा नेपाली काँग्रेस र एमाले लगायतका ठूला पार्टीलाई टक्कर दिने देखिएको छ । 

काठमाडौँका  १० नगरपालिकामा राप्रपाले राम्रै उपस्थिति देखाएको आँकलन एमाले र नेपाली काँग्रेसका उम्मेदवारहरुले गर्न थालेका छन् । उनीहरुले पहिलो प्रतिस्पर्धी एक अर्कालाई राखेपनि त्यसपछिको प्रतिस्पर्धीको रुपमा गाई पार्टी भन्ने गरेका छन् । राजधानीको गोकर्णेश्वर, मनोहरा कागेश्वरी, शंखरापुर, चन्द्रागिरी, काठमाडौँ महानगर, बुढानिलकण्ठ लगायतका नगरहरूमा उनीहरुले तेस्रो प्रतिस्पर्धीको रुपमा राप्रपालाई देखाएका छन् । 

गोकर्णेश्वरीमा त्रिपक्षीय दाबी 

गोकर्णेश्वरीमा पनि एमाले र राप्रपाका उम्मेदवारहरूले आफू पछिको प्रतिस्पर्धीको रुपमा राप्रपा रहेको दाबी गरेका छन् । एमाले मेयरका उम्मेदवार पुण्यप्रसाद चौलागाईले पनि राप्रपाले आफूहरुलाई पछ्याइरहेको बताए । नयाँ पार्टी, बालुवा ,दक्षिणढोका लगायतका गाउँहरुमा राप्रपाको उपस्थिति राम्रै भएको पाएका उनले बताए । आफूहरुले पहिलो प्रतिस्पर्धीको रुपमा काँग्रेसलाई लिएको भएपनि राप्रपासँगपनि सजह हुनु पर्ने अवस्था रहेको उनले बताए ।

त्यस्तै नेपाली काँग्रेसका मेयरका प्रतिस्पर्धी सन्तोष चालिसेले पनि राप्रपाको उपस्थित केही वडाहरूमा देखिएको बताए । तर राप्रपाका मेयर पदमा प्रत्यासी श्याम श्रेष्ठले भने आफूहरु दुई पार्टीलाई टक्कर दिने अवस्थामै रहेको दाबी गरे । ‘गोकर्णको नौ वडा मध्ये ३–४ वडामा हामी अगाडि छौ’ श्रेष्ठले भने ‘नयाँपाटी, आरुबारी, दक्षिणढोका र नयाँवस्तीमा हामी अगाडि रहेका छौ।’

भूकम्पको समयमा आफूले र स्थानीय वडामा उम्मेदवार भएका व्यक्तिहरूले गरेको कामका कारण राप्रपा ठूला दललाई चुनौति दिने अवस्थामा पुगेको उनको बुझाई छ । त्यस्तै टिकट वितरणको समयमा एमाले र काँग्रेसभित्र देखिएको विवादको फाइदा आफूहरूले हुने उनको विश्लेषण छ । संसदीय चुनावमा समेत उम्मेदवार भएका श्रेष्ठले स्थानीय चुनावमा व्यक्ति पहिचान गरी जनताले भोट हाल्ने भएकाले नसोच्नेको नतिजा आउन सक्ने चेतावनी दिए । 

प्रकाशित: २८ वैशाख २०७४ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App