७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपालको आर्थिक वृद्धि दर ७.५ प्रतिशत

काठमाडौं- दुई दशकपछि पहिलोपटक नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशतपुगेको छ। विश्व बैंकले बिहीबार जारी गरेको सूचनाअनुसार बजार मूल्यकाआधारमा नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशतपुगेको हो।

लोडसेडिङमा कमी, पुनर्निर्माणको कामले लिएको गति र कृषिबालीकालागिमौसमले साथदिएकाकारण आर्थिक वृद्धिदर राम्रो भएको विश्व बैंकको भनाइ छ। यसअघि विश्व बैंकले नै नेपालको आर्थिक वृद्धि दर ६.५ प्रतिशतले हुने आँकलन गरेकोथियो।

आर्थिक वृद्धि दरकालागिधान र गहुँउत्पादनले सघाएका हुन् । यस वर्षको आर्थिक वृद्धिदर सन् १९९४ पछिको सर्वाधिक बढीहो। यो वर्ष नेपालको आर्थिक वृद्धिदरमा सुधार भएपनिजोखिमभने अझै कायम रहेको विश्व बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २९ वैशाख २०७४ ०६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App