८ वैशाख २०८१ शनिबार
कला

करिश्माले भोट हाल्न पाइनन्

काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरले स्थानीय तह निर्वाचनमा भोट हाल्न पाइनन् । उनका श्रीमान विनोद मानन्धरको नामबाट बनाइएको बसाई समाईको कागजपत्र राजविराजको भएकोले अन्तिम समयमा आएर उनले मतदान गर्न पाइनन् ।
श्रीमान मानन्धरको गल्तीको संजाय आफूले पाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आक्रोश पाखेकी छिन्। ‘म काठमाडौंको नागरिकता भएको मान्छे मेरो श्रीमानसँंग विबाह गरेपछी सप्तरी राजविराज बाट मेरो नागरिकता मानन्धरको नाममा परिवर्तन गरियो । म चुप लागे, सायद श्रीमानकोमा राख्नुपर्छ होला भनेर यत्रो वर्ष भयो उहाँले मेरो मतदाता परिचय पत्र बनाईदिनु भएन्,’उनले लेखेकी छिन्,‘हामी लाजिम्पाट बस्छौ । आफ्नो र छोरी को बसाईसराई गरेर उहाँले मतदाता परिचय पत्र लिनुभएछ । मैले खोध्दा वेवास्था गर्नुभयो । म आफै गएर ६ घन्टा लाईन बसेर रजिस्ट्रर गरे । बसाई सराई को कागजपत्र नभएकाले सप्तरीको मतदाता सूचीमा पुगेछ । न म राजबिराज को हो , न म त्यहाँ कहिले बसेको छु । कसरी गएर मतदान गर्नु ?’


स्थानीय तह निर्वाचनमा सक्रिय भएर लागेकी अभिनेत्री करिश्मा मानन्धर नयाँ शक्ति पार्टीकी केन्द्रित सदस्य समेत हुन् ।

प्रकाशित: ३१ वैशाख २०७४ ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App