coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रेणु दाहाल उम्मेदवार रहेको भरतपुरमा मतगणना सुरु हुन सकेन

भरतपुर— प्रधानमन्त्री पुत्री रेणु दाहाल मेयर प्रत्यासी रहेको भरतपुर महानगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन। सर्वदलीय बैठकमा निर्वाचन केन्द्रको मुचुल्काभन्दा मतपेटिकामा बढी मतपत्र भेटिए के गर्ने भन्ने विषयको विवाद भएपछि भरतपुर महानगरपालिकाको मतगणना सुरु हुन सकेको हो।

काँग्रेस—माओवादी तालमेलमा प्रधानमन्त्री पुत्री मेयर पदमा उम्मेदवार रहेका कारण भरतपुर महानगरपालिकाको मतपरिणामप्रति धेरैको चासो छ। विवाद बढेपछि यो विषय टुंगो लगाउन सर्वदलीय बैठक बस्दैछ। यसअघि जिल्ला निर्वाचन कार्यालयले दिउँसो १२ बजेदेखि मतगणना हुने जनाएको थियो।

भरतपुरको कभर्ड हलमा महानगरपालिकाका सबै २९ वटा वडाका मतपेटिकाहरु संकलन गरेर ल्याइसकिएको छ। गणना पनि सोही हलमा हुनेछ।

 

प्रकाशित: १ जेष्ठ २०७४ ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App