७ वैशाख २०८१ शुक्रबार
खेल

मार्कुस फिट

सिड्नी – अलराउन्डर मार्कुस स्टोइनिसले अर्को महिना इङ्ल्यान्डमा हुने च्याम्पियन्स ट्रफीका लागि फिटनेस परीक्षण पार गरेका छन् । 

२७ वर्षे स्टोइनिसले यसै महिना इन्डियन प्रिमियर लिग (आइपिएल) खेलको दौरान काँधमा चोट बेहोरेका थिए । तर अस्टे«लिया फर्केपछि उनको चोटमा सुधार भएको थियो । 

स्टोइनिस बिहीबार अस्टे«लियन टोलीसँगै इङ्ल्यान्ड जानेछन् । क्रिकेट अस्टे«लियाका प्रवक्ताले स्टोइनिस बलिङ गर्न सक्षम भएको र अस्टे«लियन टोलीमा समावेश हुने बताएका छन् । 

अस्ट्रेलियाले च्याम्पियन्स ट्रफीअघि मे २६ मा श्रीलंकासँग र मे २९ मा पाकिस्तानसँग अभ्यास खेल खेल्नेछ । च्याम्पियन्स ट्रफीमा अस्ट्रेलिया जुन ३ मा पहिलो खेल न्युजिल्यान्डसँग खेल्नेछ । 

प्रकाशित: ४ जेष्ठ २०७४ ०५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App