coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्तव्य ज्यान मुद्दामा ८० वर्षीय वृद्ध जेल चलान

महेन्द्रनगर – बैतडी जिल्लाका एक ८० वर्षीय वृद्धलाई  कर्तव्य ज्यान मुद्धामा जेल चलान गरिएको छ । उनि ३२ वर्षदेखि फरार रहेका थिए ।

बैतडीको पुर्चौडी नगरपालिका– २ महादेवस्थान बन्तोलीका पर्मे भट्ट फरार भएको तीन दशकपछि  चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले बताए ।

भट्टले वि.स. २०४२ साल भदौ १७ गते राती पुर्चौडी नगरपालिका– १० विजयपुर बरायलगाडा बस्ने ६५ वर्षीय अर्जुन अवस्थी, पुतली अवस्थी र कलशा अवस्थी सहित ४ जनाको खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
 
सदरमुकाम गोठलापनीबाट फर्किएको भनी अबेर भइसकेपछी बास बस्नका लागि अर्जुन अवस्थीको घरमा बसेको र सोही राती धनमाल लुट्नका लागि भट्टले अवस्थी परिवारका ४ जना सदस्यको हत्या गरेका बताइएको छ । 

प्रहरीले ८० वर्षीया भट्टलाई सोमबार मात्रै घरमा रहेका बेला पक्राउ गरी जेल चलान गरेको हो । जिल्ला अदालत बैतडीबाट २०५१ साल भदौमा भट्टलाई २० वर्षे कैद सुनाएको थियो । भट्टलाई २० वर्ष जेल चलान गर्नका लागि पुनरावेदन अदालत महेन्द्रनगरले २०५२ साल भदौ १४ गते र सर्वोच्च अदालतले २०५३ साल वैशाख १३ गते जिल्ला अदालतको फैसला सदर गरेको थियो ।

जेल चलान भएका भट्टको अवस्था भने अहिले निकै दयनीय रहेको प्रहरीले बताएको छ । बोकेर यताउता लैजानुपर्ने अवस्था रहे पनि कानुनको नजरमा दोषी ठहरिएका व्यक्तिले उन्मुक्ति नपाउने प्रहरी नायव उपरीक्षक शर्माले बताए । 

प्रकाशित: ४ जेष्ठ २०७४ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App