coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विदेश पठाउने भन्दै ठग्ने पक्राउ

कोहलपुर – वैदेशिक रोजगारको लागि कोरिया पठाई दिने भन्दै लाखाैँ रकम ठगी गर्ने गिरोहका व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कोरिया पठाइदिने भन्दै ५१ लाख रकम ठगी गर्ने धनुषा मिथिला नगरपालिका ६ का ४० वर्षीय धनपति महतोलाई पक्राउ गरेको हो । 

प्रति व्यक्ति चार लाखदेखि १२ लाखसम्म ठगी गर्ने महतोलाई पक्राउ गरी थप अनुसन्धान र कारवाहीको लागि महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँमा पठाइएको बाँके प्रहरीले जानकारी दिएको छ । कोरिया पठाउने भन्दै भारत दिल्लीबाट जर्जिया, साउद कोरिया, रसिया र टर्की पठाउँदै ठगेको प्रहरीको भनाई छ । 

सोलुखुम्बु तिङला ९ का फुवा शेर्पासहित ६ जनाको कोरिया पठाइदिने भन्दै ५१ लाख रकम ठगेको प्रहरीमा उजूरी परेको थियो । 

प्रकाशित: ४ जेष्ठ २०७४ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App