भरतपुर महानगरमा रेणु दाहालको अग्रता

शुक्रबार, ०५ जेठ २०७४, १७ : ४१ रमेशकुमार पौडेल


काठमाडौं— भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छिन्। वडा नं. ९ को मतगणनापछि दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई पछि पारेकी हुन्।

पछिल्लो परिणामअनुसार काँग्रेस समर्थित माओवादी उम्मेदवार दाहालले १४ हजा ६२० मतसहित अग्रता लिएकी हुन्। एमालेका ज्ञवाली १४ हजार ४७३ मतसहित दाहाललाई पछ्‌याइरहेका छन्।

उपमेयरमा काँग्रेसकी पार्वती शाह १६ हजार ८४९ मतसहित अगाडि छिन्। एमालेकी दिव्य शर्मा १२ हजार ४६३ मतसहित काँग्रेसकी शाहलाई पछ्‌याइरहेकी छिन्।

भरतपुर महानगरपालिकामा सत्तारुढ काँग्रेस र माओवादीको तालमेल छ।

तालमेलपछि चितवन काँग्रेसमा देखिएको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो छ।

भरतपुर महानगरपालिकामा २९ वटा वडाहरु रहेका छन्। कुल एक लाख १२ हजार मत खसेको छ। काँग्रेस माओवादी गठबन्धनबाट भरतपुरमा मेयर पदमा उठेकी माओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। काँग्रेस र माओवादीबीच केन्द्रीय तहमा तालमेल भएर मेयर पदका काँग्रेस उम्मेद्वारको उम्मेद्वारी पनि केन्द्रबाट आएकै पत्रका आधारमा फिर्ता भएको थियो।

भरतपुरमा तुलनात्मक रुपमा बलियो मानिएको काँग्रेसले मेयर पद नै फिर्ता गर्नु परेपछि जिल्लामा कार्यकर्ताहरु निकै आक्रोशितसमेत भएका थिए। पछि जिल्ला तहका नेताहरुले संयुक्त कार्यक्रम गरेर मतदाताको मन जित्ने प्रयास गरेका थिए। माओवादी अध्यक्ष दाहाल र काँग्रेस सभापछि शेरबहादुर देउवाले भरतपुरमा संयुक्त रुपमा अन्तिम चुनावी सभालाई सम्बोधन गरेका थिए।

 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति

सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति

बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाल आउने अनुमति पाएका छन्। कृष्णसार शिकार मामिलामा ५ वर्षको सजाय पाएका सलमानलाई धरौटीमा रिहा...

सलमान र प्रियंका १० वर्षपछि सँगै

सलमान र प्रियंका १० वर्षपछि सँगै

कालो हरिण शिकार प्रकरणमा सफाइ पाएसँगै अभिनेता सलमान खान नयाँ चलचित्र ‘भारत’को सुटिङमा व्यस्त हुन थालेका छन्। ...

सुदूरमा पुतला नाचको रौनक

सुदूरमा पुतला नाचको रौनक

नयाँ बर्षको दिनदेखी बैशाख पहिलो हप्ता सम्म मनाईने बीसु पर्वको अवसरमा खेलिने पुलता नाचले यती बेला सुदूरपश्चिममा रौनकता छाएको छ।...

‘दि भ्वाइस’सँग क्याप्सुल

‘दि भ्वाइस’सँग क्याप्सुल

आगामी साउनबाट टेलिभिजनमा आउन लागेको गायन रियालिटी सो ‘दी भ्वाइस अफ नेपाल’सँग फेसन ब्रान्ड ‘क्याप्सुल ९’ले सहकार्यको सम्झौता गरेको छ।

Fixed Ad