८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडाैँ महानगरमा  एमाले पछ्याउँदै काँग्रेस, तेश्राेमा विवेकशील

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणना अनुसार एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै रहेको छ ।  सबैलाई पछि पार्दै उनले १७,७३२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै काँग्रेसका राजुराज जोशीले ११,८९८ मत प्राप्त गरेका छन् । 

त्यसैगरी विवेकशीलकी रञ्जु दर्शना ६९०२ मतसहित तेश्रो स्थानमा छिन् । उनलाई पछ्याउने क्रममा साझाका किशोर थापाले ५१५७ र माओवादीका सर्वोत्तम डंगोल २००१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमयेरमा  नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले १५,५०२ मतसहित अग्र स्थानमा छिन् भने उनलाई पछ्याउँदै राप्रपाका राजाराम श्रेष्ठले ९९१५, साझाकी निरुपमा यादवले ३२९० र माओवादीका सुशीला पौडेलले २६४१ मत प्राप्त गरेकी छिन् । 

 

प्रकाशित: ६ जेष्ठ २०७४ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App