७ वैशाख २०८१ शुक्रबार
राजनीति

ललितपुरको मेयरमा महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा कांग्रेसकै गीता सत्याल विजयी भएका छन्। मंगलबार राति मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवैलाई निर्वाचित भएको प्रमाणपत्र दिएको हो।

निर्वाचन परिणाम अनुसार मेयरमा कांग्रेसका महर्जनले २४,६४२ मत पाएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले २४,३१६ मत प्राप्त गरे। यस्तै उपमेयरमा सत्याल १९,८१९ मत पाएर विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४,२४० मत प्राप्त गरिन्। महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिले बुधबार सपथ लिएर कार्यभार पनि सम्हालेका छन्।

महानगरका २९ वडामध्ये १४ वटामा एमाले, १० वटामा कांग्रेस, ४ वटामा माओवादी केन्द्र र एउटामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्। मतदाताले मेयरमा विजयी महर्जनको वडामा भने विपरीत पार्टीका उम्मेदवारलाई जिताएका छन। महर्जनको वडा नम्बर तीनमा एमालेका वडाध्यक्षले जितेका छन्। त्यस्तै मेयरमा एमालेका उम्मेदवार व्यञ्जनकारको नौ नम्बर वडाको अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

महानगरका मतदाताले साझा पार्टीका मेयर र उपमेयरका उम्मेदवारलाई सानदार मत दिएका छन। मतपरिणाम अनुसार मेयर पदमा साझा पार्टी माओवादी केन्द्रलाई उछिन्दै तेस्रो बनेको छ। यस्तै उपमेयरमा एमालेको मत गणना नहुने भएपछि साझा पार्टी दोस्रो बनेको छ।

ललितपुरका दुई नगरपालिकामध्ये एकमा कांग्रेस र अर्कोमा एमाले जितेको छ। गोदावरी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गजेन्› महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी  एमालेका श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत र माओवादी केन्›का श्रीगोविन्द महर्जनले पाँच हजार ६६२ मत प्राप्त गर। त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकै मुना भण्डारी १२ हजार ७७९ मत ल्याएर विजयी भइन्।  उपमेयरमा एमालेका तारा सञ्जेलले १२ हजार ३९६ मत र माओवादी केन्›की सीता घिमिरेले छ हजार ४१३ मत प्राप्त गरी क्रमशः दोस्रो र तेस्रो भए।

महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका रामेश्वर श्रेष्ठ र उपमेयरमा एमालेकै निर्मला थापा विजयी भएका छन। श्रेष्ठले ७,७६४ र थापाले ८,६३६ मत ल्याएर विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी मेयरमा कांग्रेसका महेश खडकाले ६,८०५ र उपमेयरमा कांग्रेसकै लक्ष्मी श्रेष्ठले ६,३०५ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामप्रसाद घिमिरेले बताए।

ललितपुरका तीन गाउँपालिकामध्ये कोन्ज्योसोममा माओवादी केन्द्र, महांकालमा एमाले र बाग्मतीमा कांग्रेसले जितेको छ।

प्रकाशित: ११ जेष्ठ २०७४ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App