coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रविधि

टेलिकमको नयाँ स्किमः पाँच हजारमा १० एमबिपिएस ब्यान्डविथ १२० जिबी डाटा

काठमाडौं— नेपाल टेलिकमले फाइबर टु द होम (एफटिटिएच) सेवाको महसुल दर परिमार्जन गरेको छ। टेलिकमले असार ३ गतेदेखि लागू हुने गरी दर परिमार्जन गरी प्याकेज बिक्री वितरण, सिपिइ महसुल तथा अप्टिकल फाइबरको दर निर्धारण गरेको हो।

यसअनुरुप १० एमबिपिएस ब्यान्डविथको १२० जिबी डाटाको तीन महिनाका लागि रु पाँच हजार १६०, २५० जिबीको छ महिनाका लागि रु नौ हजार १२० र एक वर्षका लागि ६०० जिबीको रु २३ हजार ४० कायम गरिएको छ। यसबाहेकका अन्य प्याकेज स्थगन गरिएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ।

त्यसैगरी हाल उपलब्ध रहेका एफटिटिएच सेवाको सिपिइको शुल्क परिमार्जन गरी टेलिकमले नयाँ प्याकेज ल्याएको छ। उक्त प्याकेजअनुरुप तीन महिनाका लागि रु पाँच हजार, छ महिनाका लागि रु दुई हजार र १२ महिनाका लागि निःशुल्क गरिएको छ।

टेलिकमले उपलब्ध गराएको सिपिइ बिग्रिएका खण्डमा एक महिनासम्म निःशुल्क रिपेयर तथा रिप्लेस गरिनुका साथै सो अवधिपश्चात् रु पाँच हजार लिएर रिप्लेस गरिने जनाएको छ ।

अप्टिकल फाइबरको महसुल दर एफटिटिएच सेवा जडान गर्दा ग्राहकलाई आवश्यक पर्ने टु कोर अप्टिकल फाइबर १०० मिटरसम्म निःशुल्क र सोभन्दा माथि प्रतिमिटर रु २० लिई सेवा सञ्चालन गरिनेछ। उक्त ग्राहकको फाइबर काटिएर चुँडिएर वा पुरानो भएर अवरुद्ध भई सेवा पुनःसञ्चालनका लागि फाइबर परिवर्तन गर्नुपरेमा प्रतिमिटर रु २० लिई सेवा सञ्चालन गरिने टेलिकमले जनाएको छ।

प्रकाशित: ४ असार २०७३ ०७:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App