coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले नेताको भाषण सुनेर वृद्धका आँखामा आँसु

हवल्दारपुरमा आयोजित एमाले आमसभामा सांसद सुनारको भाषणमा अाँसु अाएपछि पुछ्दै एक महिला । तस्विः टेकेन्द्र

कोहलपुर— बाँके क्षेत्र नम्बर ४ का सांसद दलबहादुर सुनारले बिहिबार कोहलपुर नगरपालिकास्थित हवल्दारपुरमा आयोजित नेकपा एमाले पार्टी उम्मेदवार आमसभा कार्यक्रममा वृद्धवृद्धा भावुक बने। उनका भाषणमा सहभागी ७० बर्षमाथिका वृद्धवृद्धाका आँखाबाट आँसु झरे।

आमसभाको अग्रभागमा बसेका दर्जन वृद्धवृद्धा सांसद सुनारको भाषणबाट भावुक बनेर रुन थालेका थिए। ‘वृद्धवृद्धालाई अब छोरीज्वाई, छोराबुहारी, नातिनातिनाले हेला, बेईज्जत र अपमान गर्न पाउँदैनन्,’ उनले भने, ‘स्थानीय तहमा एमाले बहुमत भए व्यवस्थित बृद्धाश्रम, मासिक पाँच हजार भत्तादेखि सुरक्षित गाउँबास, कपासको व्यवस्था गर्छ।’

मासिक पाँच सयबाट केपी ओली सरकारले मासिक दुई हजार भत्ता बढाएको र स्थानीय निर्वाचनपछि एमालेले वृद्धभत्ता पाँच हजार पुर्याउने, वृद्धवृद्धाका लागि हरेक स्थानीय निकायमा व्यवस्थित बृद्धाश्रम बनाउने उद्घोष गर्दा सभामा सहभागीले मन थाम्न सकेनन्। उनीहरु गला अवरुद्ध पार्दै रोए।

आमसभाको अग्रभागमा बसेका दर्जन वृद्धवृद्धा सांसद सुनारको भाषणबाट भावुक बनेर रुन थालेका थिए। ‘वृद्धवृद्धालाई अब छोरीज्वाई, छोराबुहारी, नातिनातिनाले हेला, बेईज्जत र अपमान गर्न पाउँदैनन्,’ उनले भने, ‘स्थानीय तहमा एमाले बहुमत भए व्यवस्थित बृद्धाश्रम, मासिक पाँच हजार भत्तादेखि सुरक्षित गाउँबास, कपासको व्यवस्था गर्छ।’

वृद्धवृद्धाको पीडा बुझ्ने, आशा र सपना पूरा गर्ने पार्टी एमाले भएको भन्दै उनले एमालेको जहाँ जीत हुन्छ त्यहाँ वृद्धवृद्धाका लागि पार्टीले पारिवारिक माया दिने कानुनी व्यवस्था र सुविधा थप्ने दावी गरे। उनको भाषण सुनेर खुशी भएका सहभागी वृद्धवृद्धा मनको कुरा बताएको भन्दै हर्षले रोएका थिए।

आमसभामा सहभागी हवल्दारपुरकी ७३ बर्षीय पवित्रा मगरले सुनारले मजस्ता वृद्धवृद्धाका मनको कुरा पोखेकोले आँखामा आँसु थाम्न नसकेको बताइन्। ‘भाषण हामीलाई चित्त बुझ्यो’, उनले भनिन्, ‘अहिलेसम्म कुनै पार्टीका नेताले हामी बुढापाकाको मनका कुरा गरेनन्।’ हवल्दारपुरकै ७२ बर्षीया तुल्सीकुमारी दर्लामीले चित्त बुझ्ने कुरा गर्दा मन थाम्न नसकेर रोएको बताइन्। ‘हामीलाई भत्ता बढ्यो भने फाइदा हुन्छ’, उनले भनिन्, ‘छोराछोरी, बुहारीको भर पर्नु पर्दैन्।’

आम सभामा रुएका अधिकाश वृद्धवृद्धाले चुनाव प्रचारमा आउने अन्य पार्टी र उम्मेदवारले वृद्धवृद्धाका कुरा नसुनेको र आवाज नउठाएको समेत गुनासो गरेका थिए।

प्रकाशित: १ असार २०७४ १४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App