४ वैशाख २०८१ मंगलबार
फोटो फिचर

'समर'मा जलपरी (फाेटाे फिचर)

तस्बिर : प्रविन कोइराला

रापिलो घाम, शरिरभर पसिना र आलस्य ज्यान, गर्मीका विशेषता हुन्। बालुवाटारकी सौरभी थापाका लागि भने गर्मी रापिलो घाम, हपहप पसिना र आलस्य मात्र होइन। उनका लागि गर्मी आलस्यको साटो आनन्द बोकेर आउँछ, शरिरमा छुट्टै उमंग भरेर जान्छ।

'गर्मी लागेपछि मलाई साह्रै रमाइलो लाग्छ,' स्वीमसुटमा सजिएर चोभारस्थित 'हुपिल्यान्ड'मा पौडदै गरेकी थापाले भनिन्, 'अरु सिजनमा यसरी पौडन कहाँ पाइन्छ र?'

जाडो मौसममा धेरैले घाम खोज्दै हिड्छन् भने गर्मीमा घामसँग भाग्छन्। मौसम परिवर्तनले हरेक वर्ष पृथ्वीको औसत तापक्रम बढ्दा गर्मी थप कष्टकर बन्दैछ। राजधानीमा बढेको धुलोधुँवा र प्रदुषणले गर्मी धेरैका लागि मन नपर्ने याम बन्दैछ।

'स्विमिङ'मा रमाउनका लागि 'समर' नै कुर्नुपर्ने भएपछि थापालाई यो मौसम मन नपर्ने कुरै भएन। उसैपनि उनले 'स्विमिङ' गर्न थालेको १० वर्ष भइसक्यो। 'म उत्कृष्ट स्विमर त हैन,' केइसी कलेजमा इन्जिनियरिङ अध्ययनरत उनी भन्छिन्, 'तर मैले ६ कक्षा पढ्दादेखि नै पौडी खेल्न थालेकी हुँ।'

पौडी खेल्दा व्यायाम हुनुका साथै तनाव कम हुने, मुड फ्रेस हुने र जाँगर बढ्ने उनीको अनुभव छ। 'स्विमिङ गरेपछि माइन्ड र बडी रिल्याक्स हुन्छ,' उनी भन्छिन्, 'शरिरमा स्फुर्ति बढ्छ।' थापा 'सन ट्यान' छल्न सकेसम्म 'इनडोर स्विमिङ' गर्छिन्। 'पौडी खेलिसकेपछि स्विमिङ पुलको केमिकलयुक्त पानीले कपाल खराब गराउँछ,' उनी भन्छिन्, 'त्यसैले घर गएर हेयर टि्रटमेन्ट गरिहाल्छु।'

'हुपिल्यान्ड' पुगेर थापाजस्तै पौडीमा रमाउनेका लागि पर्खाइको याम हो गर्मी। उनीहरु उखर्माउलो गर्मी छल्न र जीउमा ताजगी भर्न पौडी पोखरी पुग्छन् र निलो पानीमा 'स्विमिङ'को आनन्द लिन्छन्। चोभारको 'वाटरपार्क' र 'स्लाइड'मा रमाउन गर्मीका बेला दैनिक सयौं उपत्यकावासी पुग्छन्। थापा पनि हरेक महिना कम्तीमा एकपटक कहिले चोभार कहिले इन्टरनेश्नल क्लब, कहिले कतै इनडोर स्वीमिङमा पूलमा पुगेर रमाउँछिन्।

जाडो मौसममा धेरैले घाम खोज्दै हिँड्छन् भने गर्मीमा घामसँग भाग्छन्। मौसम परिवर्तनले हरेक वर्ष पृथ्वीको औसत तापक्रम बढ्दा गर्मी थप कष्टकर बन्दैछ। राजधानीमा बढेको धुलोधुँवा र प्रदुषणले गर्मी धेरैका लागि मन नपर्ने याम बन्दैछ।

सहरवासीका लागि तातो घाम, प्रदुषण र आलस्यलाई छल्ने माध्यम बन्न थालेको छ–'स्विमिङ'। त्यसैले त राजधानी भित्रका पौडी पोखरीदेखि पानीका पार्क र नजिकका सफा खोलानालामा समेत यसबेला पौडी खेल्नेको लर्को लाग्छ।

पौडी खेल्न चाहनेको संख्या बढ्दै गएपछि उपत्यकाभित्र पानी खेल्न पाइने गरि पार्क खोल्ने क्रम पनि बढेको छ। यस्ता पार्कमा बिदाका दिन त खुट्टा टेक्ने ठाँउ समेत हुदैन।

थापाजस्तै गर्मीमा पौडीको मज्जा लुट्न चोभार पुगेका थिए–पेप्सीकोलाका सुर्पना पोखरेल, मोनिमा पोखरेल र प्रमिला अधिकारी। घुमफिर र मोजमस्तीमा सङ्सगै हिड्ने उनीका लागि गर्मीको मज्जा भनेकै पौडी हो।

'एक्सरसाइज हुने, रमाइलो पनि हुने भएकाले स्विमिङ गर्दा छुट्ै आनन्द आउँछ,' एडभान्स कलेजमा इन्जिनियरिङ अध्ययनरत मोनिमा भन्छिन्। गर्मीमा बिदा हुने बित्तिकै उनीहरु स्विमिङ पुलमा पुगिहाल्छन्।

सुपर्नालाई पानी भएको स्थान वरपर पुग्दा आँखामा समेत शितलता भरिएको महसुस हुन्छ। दैनिक दौडधुप, धुलो र स्ट्रेसबाट केही समय भएपनि मुक्ति मिल्छ उनलाई। 'जब पानी भित्र चुलुर्म्म डुब्छु सारा संसारदेखि कतै बाहिर गएको अनुभव हुन्छ' उनी भन्छिन्।

प्रमिलाका लागि पौडीको आनन्दका साथै यस्ता पार्कमा हुने साथीसँगको भेटघाटले पनि तान्ने गर्छ। उनी सकेसम्म गर्मी मौसममा तीन–चार पटक पौडी पोखरी जान रुचाउँछिन् तर समय नै मिल्दैन।

गतवर्ष असारमा खुलेको चोभारको 'हुपिल्यान्ड'मा पौडी खेल्न र पानीसँग रमाइलो गर्न बालबालिकादेखि तन्नेरीको भीड लाग्ने गरेको छ। 'स्विमिङ'सँगै 'वाटर पार्क', 'वाटर स्लाइड गेम'लगायतमा युवाको आकर्षण रहेको 'हुपिल्यान्ड'का 'स्विमिङ पुल' इन्चार्ज  विश्व महर्जन बताउँछन्।

'हुपिल्यान्ड'मा बालबालिकाका लागि छुट्टै 'किड्स पुल' छ भने वयस्कका लागि ४ दशमलव ६ फिट देखि ५ दशमलव ५ फिट सम्म गहिराइको 'स्विमिङ पुल' छ। हप्ताको सातै दिन खुल्ने यहाँ शनिबार भने परिवार र समूहमा आउनेहरु धेरै हुन्छन्।

'स्कुलका बालबालिकालाई स्कुलले नै ल्याउने गरेको छ,' महर्जन भन्छन्। यहाको पौडी पोखरी, 'वाटर पार्क' र 'वाटर स्लाइड गेम'को क्षमता एक हजार जना र पुरै पार्कको क्षमता पाँच हजार जनाको रहेको छ। महर्जनका अनुसार अरु मौसममा मात्र होइन मनसुनमा पनि मानिस पानीमा खेल्न आकर्षित हुने गरेका छन्।

'गत वर्ष मनसुनमा पनि धेरै नै मानिस आएका थिए, अहिले पनि आइरहेका छन्,' उनी भन्छन्, 'तर धेरैसँग पौडी खेल्ने 'कस्ट्युम' नहुँदा समस्या हुन्छ।' पानीमा खेल्दा, हिड्दा वा 'स्लाइड'मा आउँदा चोटपटक लाग्न सक्ने भएकाले 'हुपिल्याण्ड'ले प्राथमिक उपचारको व्यवस्था पनि गरेको छ।

भक्तपुरको पलासेँस्थित 'काठमाडौं फन भ्याली'मा पनि पानीमा खेल्न आउनेको कमी छैन। यसका प्रबन्धक गणेसविक्रम शाह गर्मी मौसमा 'स्विमिङ' गर्नेको भीड लाग्ने बताउँछन्। 'दैनिक एक हजार ५ सय  जतिको हाराहारीमा पौडी खेल्न आउँछन्,' उनी भन्छन्, 'जेठ १५ देखि भने धेरै नै चाप बढेको छ।'

पौडन आउनेमा युवाको संख्या धेरै छ। पलासेँमा 'वाटर गेम', 'एम्युजमेन्ट गेम' बाहेक तीन वटा 'स्विमिङ पुल' छन्। बालबालिकाका लागि 'किड्स पुल', वयस्कहरुका लागि अलि गहिरो पौडी पोखरी र छाल आउने पौडी पोखरी रहेका छन्।

उपत्यकाको जनसंख्यालाई अहिलेका 'स्विमिङ पुल' र 'वाटर पार्क' मात्र पर्याप्त नभएको महर्जन बताउँछन्। गर्मीमा पौडीको मज्जा लिने चाहनेलाई सहज ढंगले उपलब्ध हुनेगरि थप पूर्वाधार विकास गर्नुपने उनको सुझाव छ।

तस्बिर : प्रविन कोइराला
तस्बिर : प्रविन कोइराला
तस्बिर : प्रविन कोइराला
तस्बिर : प्रविन कोइराला
तस्बिर : प्रविन कोइराला
तस्बिर : प्रविन कोइराला
तस्बिर : प्रविन कोइराला
तस्बिर : प्रविन कोइराला
तस्बिर : प्रविन कोइराला
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App